सन्जु एयर कन्डीसनले भित्रायो भियरा व्राण्डमा ईन्भटर टाईप स्प्रीड, २५ प्रतिशत छुट अफर

राजेन्द्र आचार्य , चितवन : नेपाली बजारमा पहिलो पटक भियरा व्राण्डको एयर कन्डीसनले नयाँ ईन्भटर टाईप स्प्रीड एयर कन्डीसन भित्रिएको छ ।  चितवनबाट पहिलो पटक नेपालभरि एयर कन्डीसनरको बिक्रि वितरण गर्दै आएको सन्जु एयर कन्डीसन एण्ड रेफ्रिजेनेरसनले भियरा व्राण्डको नयाँ ईन्भटर टाईप स्प्रीड एयर कन्डीसन भित्रिएको हो ।
नेपाली बजारमा अग्रणी स्थान ओगट्दै आएको सन्जु एयर कन्डीसन उपभोक्ता माझ प्रख्यात छ । एस स्टार र भिआईआरए व्राण्ड सफलतापछि उपभोक्ताको माग अनुसार डीसी इन्भटर टाईप स्प्रीड एयर कन्डीसन बजारमा भित्राई ल्याएको बताएको छ । नयाँ ल्याइएको जसले कम उर्जामा खपतसगैँ कम मुल्यमा पनि एसीको आन्नद लिन सक्ने सन्जु एयर कन्डीसन एण्ड रेफ्रिजेनेरसनका प्रबन्ध निर्देशक विष्णुप्रसाद कडेँलले जानकारी दिए । उनले बढ्दो धुँवा र धूलोबाट बच्नका लागि यो एसी निकै उपयोगी हुने दावी गरेका छन् ।
कडेँलका अनुसार यो एसी १० बर्ष वारेन्टीस स्मार्ट हिटिङ्ग र कुलिङ्ग, सक्रिय कार्बन फिल्टर जडित छ । भने थ्रिडि एयर फ्लो सिष्टम र आवाज कम आउने भएकै कारण उपभोक्ता छिटो लोकप्रिय बन्ने विश्वास व्यक्त गरे ।
यस्तै यो व्राण्डमा अटो रिस्र्टाट मोड हुनुका साथै शतप्रतिशत कपर पाईप प्रयोग भएका कम्पनीले जनाएको छ । यो एसी स्प्रीट टाईप, फ्लोर स्टेन्डीङ्ग टाईप, सिलिङ्ग क्यासेट टाईप लगायतका मोडलमा उपलब्ध रहेको प्रबन्ध निर्देशक विष्णुप्रसाद कडेँलले बताए ।
ग्राहकको आवश्यकताअनुसार एक, साढे एक र दुई टन क्षमतामा उपलब्ध भएको उनी बताउँछन्। बजारमा अहिले वातावरणमैत्री र कम विद्युत् शक्ति खपत गर्ने एयर कन्डिसनर पनि भित्रन थालेको उनको भनाई छ ।
न्यूनतम ४५ हजार रुपैयाँदेखि साईज अनुसारको मुल्य रहेको उनले बताए । सन्जु एयर विगत २२ बर्ष देखि उपभोक्तालाई सेवा दिदै आएको छ । चितवनमा केन्द्रिय कार्यालय रहि एसी उत्पादन गर्ने पहिलो कम्पनी पनि सन्जु एयर हो ।
सन्जु एयर हाल आफ्नो ब्राण्डको एसी चितवनसहित विराटनगर, बुटवल, वीरगन्ज, नारायणघाट, नेपालगन्ज, भैरहवा, जनकपुर, झापा, भद्रपुर, हेटौंडा, पोखरासहित ४४ जिल्लाका सहरमा खपत गरिरहेको छ । भने लकडाउनको वेला २५ प्रतिशत छुटको समेत उनले घोषण गरेका छन् ।