स्वास्थ्य सचिव कोइरालाकाे सरुवा

काठमाडाैं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव सचिवको रुपमा लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गत मन्त्रिपरिषदको बैठकले यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ। यादव कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना पुगेको छैन्। गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्यको जिम्मेवारी दिएको थियो । हाल स्वास्थ्यमा नियुक्त भएका अर्याल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए।

कोइराला स्वासथ्यमा आएदेखि विवादमा तानिएका थिए । डाक्टरहरुलाई गाली गरेको भन्दै उनको आलोचना समेत भएको थियाे । डाक्टर शेरबहादुर पुनको विवादको ग्राण्ड डिजाइनर उनी नै भएको आरोप लागेको थियो।

स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुसँग पटक-पटक विवाद भएकाले पनि कोरोना नियन्त्रणमा समन्वय मिलिरहेको थिएन्।