गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

कास्की : गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्याङ्जाको क्वारेन्टाइनमा रहेका दुई पुरुष ,एक महिला तथा नवलपरासीको देवचुली नगरपालिकाका पुरुष पुरुष समेत थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भईरहेको पनि प्रदेश सरकारले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।  नेपालमा कुल संक्रमितको संख्या ९०५ पुगेको छ ।