नारायणगढ –मुग्लिन सडक खण्ड दुई तर्फी सुचारु

मुग्लिन : अवरुद्ध नारायणगढ –मुग्लिन सडक दुई तर्फी सुचारु भएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ अन्तर्गत ३ नम्बर पुलमा दुई ट्रक एक आपसमा ठोकिदा अवरुद्ध भएको सडक करिब ३ घण्टा पछि दुर्ई तर्फी सञ्चालन आएको हो ।
काठमाडौबाट नारायणगढतर्फ जादैँ गरेको ना ८ ख १९५२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक आपसमा ठोकिँदा विहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो । अहिले विहान १० बजेदेखि सडक दुबै तर्फ सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक कञ्चन तामाङले जानकारी दिनुभयो ।