एम्बुलेन्स चालक संघको माग : स्वास्थ्यकर्मी सरह सुविधा उपलब्ध गराऊ

 

चितवन : कोरोना कहरका कारण संयुक्त एम्बुलेन्स चालक संघ नेपालले एम्बुलेन्स चालकलाई अन्य स्वास्थ्यकर्मी सरह सुविधा उपलब्ध गराउन माग गरेको छ । सम्पूर्ण एम्बुलेन्स चालकहरुको अन्य स्वास्थ्यकर्मीको सरह स्वास्थ्य बीमा तथा अन्य सेवा सुबिधा उपलब्ध गराउन संघले माग गरेको छ । संघले सबै चालकको कोरोना परीक्षण गर्न पनि माग गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष नवराज लामिछाने र महासचिव मुक्ति काफ्लेले विज्ञप्ती जारी गर्दै अधिकांश चालकहरु कोरोना भाइरसको जोखिममा रहेको, धेरैले सामान्य सुरक्षा सामग्री पनि नपाएको, राज्यबाट पाउने भनिएका सामग्रीपनि बाटैबाट हराएको, एक पटक किनेको मास्कलाई धोएर पटक पटक प्रयोग गर्न बाध्य भएको, एम्बुलेन्स चालकहरु माथि सामाजिक दूर्व्यवहार बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

साथै संघले पार्टिशनगरी राखिएका एम्बुलेन्सहरुलाई अतिआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर खटाउने व्यवस्था गर्न र विदेशबाट आएका व्यक्तिलाई ओसार्ने साधनकोरुपमा जबर्जस्ती प्रयोग नगर्न माग गरेको छ ।

संघले माग पुरा नगरिए कामलाई निरन्तरता दिन नसकिने भन्दै भनेको छ, “अन्याथा हामी पनि यसै देशका नागरिक हौं र मानवीय स्वास्थ्य सबै नगरिकको नैसर्गिक अधिकार हो । जुन नियम हामीलाई पनि लागू हुने नै छ ।”

विज्ञप्ती