भरतपुरमा कोरोना विरुद्ध मेयर रेनुको अर्को एक्सन : निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा

 

चितवन : भरतपुर महानगरपालिकाले लकडाउनको अवधिभरमा कोरोनाका शंकास्पद व्यक्तिहरुलाई निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा संचालन सञ्चालन गरेको छ । कोरोना कहरको यो घडीमा कारोनाको आशंक भएका व्यक्तिहरुलाई थप उपचारमा सहजता होस् भन्ने हेतुले निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा २४ सै घण्टा संञ्चालन ल्याएको भरतपुरकी मेयर रेनु दाहालले जानकारी दिईन् ।
हामीले अहिले छिमेकी मुलुकबाट आउनेलाई उद्धार गरि ल्याउने क्रममा पनि जारी राखेका छौँ मेयर रेनुले भनिन् उनीहरुले र आम महानगरवासीहरुको सहजताका लागि यो उपयोगी बन्नेछ ।

वरुण यन्त्र शाखाका सहायक ईन्चार्ज अबिरल पोख्रेरलको नेतृत्वमा एम्बुलेन्स सेवाले हालसम्म ३९ जनलाई सेवा दिई सकेको महानगरले जनाएको छ । निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा चितवन भनेर आउनेलाई सुरुमा चितवन माविको क्वारेन्टाइनमा राखिन्छ अनि घर ठेगाना सोधेर आफ्नो वडाको क्वारेन्टाइनमा पठाउन समेत प्रयोग भईरहेको उनले बताईन् ।