गैँडाकोटमा कुखुराको खोर भत्किदा २ काे मुत्यु

गैँडाकोट : गैँडाकोटमा आइतबार साँझा आएको भीषण हावाहुरीसहितको वर्षाका कारण कुखुराको खोर भत्किएर दुई जनाको ज्यान गएको छ ।

आइतबार साँझ आएको हावाहुरीसहितको वर्षाले खोरमा दाना दिँदै गरेका गैँडाकोट नगरपालिका ८ का ३५ वर्षीय काशिराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

साँझ हावाहुरी चलिरहेको समयमा लोकल कुखुरालाई दाना दिने क्रममा कुखुराको खोरको भित्तो भत्किँदा उनीहरुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।