भारतिय बिस्तारबादको बिरुद्धमा हरिरामको राष्ट्रभक्ति गीत ‘उठ नेपाली जुट नेपाली ’ (भिडियो सहित)

कविराज ढकाल
गोरखा :  पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगितको चर्चा–परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौँ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आइरहेका छन् तरधेरैजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेको सन्दर्भको विषयबस्तुलाई नेपाली कलाकारहरुले गीतमा उठाएका छन् ।

यसै सन्दर्भमा गोरखाका चर्चित लोक दोहोरी गायक , राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखा जिल्लाका सचिव , गायक हरिराम परियारले राष्ट्रभक्ति गित लिएर आएका छन् । आफ्नै लय शब्द संकलनमा रहेको गितमा स्वर पनि हरिरामको नै रहेको छ । वर्तमान समय परिस्थितिलाई टपक्क टिपेर उनको गितमार्फत प्रस्तुत गरेका छन् ।

उक्त राष्ट्रभक्ति गित ’उठ नेपाली जुट नेपाली ’ परियारले आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् । उक्त गितको अडियो भिडियो पुनम रेकर्डिङ स्टुडियोले गरेको छ ।

गीत हेर्नको लागि तलको लिकं क्लिक गर्नुहोस्