प्रेसिडेन्सी कलेज अनलाईन कक्षा : उद्यमीका कुरा कार्यक्रमको १६ औं श्रृखला सकियो

चितवन : प्रेसिडेन्सी कलेज अन्र्तगत संचालित प्रेसिडेन्सी सिजनेस ईन्कुबेसन सेन्टर र अन्र्तप्रेरणाको संयुक्त पहलमा विगत २ बर्ष देखि निरन्तर आयोजना हुदै आएको “उद्यमीका कुरा’ कार्यक्रमको १६ औं श्रृखला जेठ ९ गते सम्पन्न भएको छ ।
कार्यक्रममा उद्यमीका अनुभव, व्यवसाय, बजारका बारेमा बिध्यार्थी, शिक्षक तथा स्थानिय उद्यमी व्यवसायी संग आदान प्रदान गरीन्छ । बन्दाबन्दी को समयमा साना युवा ब्याबसायी लाई सहयोग गर्नै उद्देश्यका साथ नेपाल मै उत्पादन गर्ने व्यवसायी लाई समेटेर “मेड इन नेपाल” सिरिज सञ्चालन गरीएको छ ।
मेड इन नेपाल सिरिजको पहिलो भागमा नेपालमा नै श्रृगारका सामान उत्पादन गर्ने कम्पनी नुगःका सह संस्थापक रस्ना श्रेष्ठ, दोस्रो भागमा पाल्पाली र भक्तपुरमा उत्पादन हुने ढाका प्रयोगबाट जुत्ता बनाउने दोचाका सह संस्थापक वात्सल राजभण्डारी, तोस्रा नेपाली पहिचान भःल्कने घडी बनाउने अल्मा र्आटीजका संस्थापक रोथन गुरुङ्ग र चौथो श्रृखलामा मकवानपुरका चेपाङ्ग समुदायले उत्पादित मह ब्रान्डीङ्ग गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने नागिको हनीका संस्थापक विभूती न्यौपानेका अनुभवका कुरा आदान प्रदान गरीएको थियो ।
आगामी हरेक हप्ता “मेड इन नेपाल” सिरिज लाई निरन्तरता दिदै नेपाली वस्तु तथा सेवाको प्रर्वद्धनमा सहयोग गरीनेछ । बन्दाबन्दीको समयमा सो कार्यक्रम अनलाईन एप जुम बाट संञ्चालन गर्दै आईएको प्रेसिडेन्सी कलेजका निर्देशक उज्वल मरहठ्ठाले जानकारी दिए ।