पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान कराँचीमा दुर्घटना

 

पाकिस्तान :   पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स ( पीआईए ) को ए ३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको छ । पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९९ सय जना यात्रु सवार थिए ।

८ जना चालक दलका सदस्य रहेको जानकारी दिएको द डन न्युज टिभीले जनाएको छ । विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख छ । विमान पुरानो भएका कारण दुर्घटना हुन सक्ने अनुमान । दश ब्राह वर्षदेखि विमानले यात्रु बोक्दै आएको थियो ।

सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो निस्किरहेको देख्न सकिन्छ । कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो ।