वालिङमा भेटियो बाघको डमरु

वालिङ : स्याङ्जामा फेरि बाघको डमरु भेटिएको छ । वालिङ नगरपालिका ८ भिमटारीमा बाघको डमरु भेटिएको हो ।

भीरमटारी स्थित खुमबहादुर क्षेत्रिको घर नजिकैको जंगलबाट कुकुरले डमरुलाई लखेटी घरतर्फ ल्याँउदै गरेको जानकारी पाएपछि वडा प्रहरी कार्यालय वालिङबाट अधिकृत सहितको टोली खटिएका थिए ।

डमरुलाई अहिले वडा प्रहरी कार्यालयमा राखिएको र ईलाका वन कार्यालय वालिङलाई समेत गरिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डमरुलाई वन कार्यालयका कर्मचारी आएपछि बुझाईनेछ । यसअघि पनि वालिङमै डमरु भेटिएको थियो ।

विरालो भनेर घरमा पाल्दै जाँदा बाघको जस्तो क्रियाकलाप देखिएपछि वन कार्यालयलाई जिम्मा लगाईएको थियो ।