कोरोना(कविता)

कविता

कोरोना तिम्रो रुप र यौवनको
चर्चा निकै चलेको छ
तिम्रो यौवनको रसास्वादनले
कति मदहोस छन् कति स्वर्ग पुगिसके
यति धेरै रूपवती तिमीलाई
मैले पनि हेर्न चाहेकी थिएँ
फेसबुकको स्टोरीमा अपलोड फोटो झैं
मात्रै एक दिन देख्न चहान्थे
तर विडम्बना तिमी त मेरो जिन्दगीको
भित्तामा प्रोफाएल नै बनेर हायलकायल पार्दैछौ
मात्रै नामले खलबलिएको मेरो तन र मनमा
तिम्रो सुन्दरता हेर्न सक्ने सामार्थ्य छँदै छैन
त्यसैले तिमी तिम्रो
सेनिटाइजर र साबुनले मिचिमिचि धोएर
असली रुपलाई मास्कले पुरै छोपेर शान्त भै
नआउनू !!!

लक्ष्मी अधिकारी, पोखरा