बोस्टन ईन्टरनेशनल कलेज अनलाईन कक्षा : व्यवसायमा ब्रान्डिङको भूमिका

चितवन बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्सकाठमाडौँमा अवस्थित ‘स्किल ल्याब’  बोस्टन कलेजकै ‘उद्यमशीलता  नेतत्व’ कलबको सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट ‘उद्यमशीलता बहस श्रृङ्खलाको १६ औँ कार्यक्रम सम्पन्न भएको छ। जको श्रृङ्खलामा “ल्याटिडो लेदर्स” को प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक विलाल अहमद शाह अतिथिको रुपमा उपस्थित  रहेको   ईन्क्युवेसन प्रमुख प्रेम गैरेले जानकारी दिनुभयो।

व्यवसायमा ब्रान्डिङको भूमिका” विषयमा दिउँसो :००  बजे  देखि :०० बजेसम्म चलेको बहसमा उद्यमशीलता  नेतृत्व कलबकी सदस्य उस्नता पाख्रिन र स्यारोना क्षेत्रीले कार्यक्रम  सञ्चालकको भुमिका निर्वाह गर्नुभयो ने उक्त कलबकी अर्की सदस्य साङपु शाक्यले ‘जुम’ सफ्टवयरको प्रयोगका तरिकाहरुको  बारेमा संक्षिप्त जानकारी दिनुभयो।

प्रमुख अधिकारी तथा संस्थापक विलाल अहम्मद शाहले करिब २० मिनेट आफ्नो व्यावसायिक क्षेत्रको अनुभवका आधारमा व्यवसायमा ब्रान्डिङको महत्त्व तथा भूमिका बारे बताउनुभएको थियो। उहाँले भन्नुभयो, “ब्रान्ड भनेको एउटा प्रकिया हो गन्तव्य होइन ।

एउटा सफल व्यवसाय बनाउन  प्रभावकारी ब्रान्ड  हुनु अनावश्यक छ। व्यवसायको मुख्य खम्बा भनेको ग्राहक हो जसले कम्पनीको ब्रान्ड किन्छ र सँगै तपाँईको विश्वास पनि। ब्रान्ड भनेको सबै  ग्राहकसंग जोडिनु हो र यो व्यावसायिक पक्षको लागि मात्र नभएर ग्राहकसंग लामो समयसम्म राम्रो नाता बनाउन पनि हो।” त्यस्तै गरी मौखिक रुपमा ग्राहकले नै व्यवसायको प्रचार गरिदिँदा त्यसले व्यवसायमा कसरी मदत गर्छ भन्नेबारे पनि उँहाले प्रष्ट पारिदिनुभयो।

कार्यक्रममा सहभागीहरुले, एउटा ब्रान्डले व्यवसायमा कसरी नाफा कमाउँन मदत गर्छ? तपाइँले आफ्नो व्यवसायमा कस्ता ब्रान्डिङ रणनीतिहरू अपनाउनुभएको छ? हामीले कसरी ग्राहकहरुसंग विश्वास र नाता बढाउन सक्छौ? व्यवसायमा ब्रान्डको भूमिका कस्तो रहेको छ? उद्यमीहरुको व्यवसाय असफल हुनुको मुख्य कारण के हुनसक्छ?  भन्ने प्रश्नहरु गर्नुभयो।

सहभागीका प्रश्नहरुको उत्तर दिँदै प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक विलाल अहमद शाहले “व्यवसायमा विश्वास हुनु एकदम आवश्यक छ र त्यो विश्वास बढाउन ब्रान्डले मद्दत गर्दछ” भन्ने कुरा  बताउनुभयो। धेरै उद्यमीहरुको व्यवसाय असफल हुनुको मुख्य कारण ग्राहकको चाहनालाई ध्यान नदिनु रहेको पनि बताउनुभयो।

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत  समुदायबाट गरि करिब   ५५ जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो भने उक्त कार्यक्रमलाई बिआईसी स्टार्टअप्सको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो।

त्यस्तै गरी कार्यक्रमको अन्त्यमा उद्यमशीलता र नेतृत्व कलबकी सदस्य  सुलोचना अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रममा योगदान पुर्‍याउने सबैको प्रशंसा गर्नुभएको थियो। बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो।

यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजग रको  लागि अत्यावश्यक सिपहरु सिकाउने संस्था हो भने ‘उद्यमशीलता र नेतृत्व’ कलब, बोस्टनकै विद्यार्थीहरुबाट संचालित उद्यमशील सोच भएका युवाहरुको कलब हो  यी तिन संस्थाहरु मिलेर अनलाईनमार्फत ‘उद्यमशिलता बहस श्रृङ्खला’ को आयोजना गर्दै आएका छन्।