मनिषा कोइरालाको समर्थनमा नेपाली कलाकर्मी

काठमाडौँ : नेपालले लिपूलेक र कालापानी समेटेर देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यस विषयमा भारतले चिनको आडमा भनेर समाचार प्रकाशित प्रसारित गर्दै आएको छ । यहि बीच भारतीय फिल्म जगतमा चर्चित नेपाली मनिषा कोइराला विरुद्ध भारतीय संचार माध्यम खनिएको देख्न सकिन्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले लेखेकी छन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

यहि विषयलाई लिएर भारतीय टेलिभिजन एबिपीले भारतको खाएर चिनको समर्थन गरेको उल्लेख गरेको छ । मनिषालाई भारतले नै चिनाएको तर अहिले आएर नेपालको तरफदारी गरेको समेत भनेका छन् । संचारमाध्यमको साथ साथै सामाजिक संजालमा समेत भारतीयले उनको विरोध गरिरहेका छन् । यहि बीच नेपाली फिल्मकर्मीले मनिषा कोइरालाको खुलेर समर्थन गरिरहेका छन् । उनलाई समर्थन गर्दै कतिपय कलाकर्मीले भने भारतले माफी माग्नुपर्ने बताएका छन् ।

हेरौ केही कलाकर्मीले मनिषाको समर्थनमा गरेका पोष्टहरु : 

नायक राजेश हमालले मनिषा कोइराला र लिपुलेक दुवै नेपालीको भएको बताएका छन्।

कलाकारलाई भारतीय संचार माध्यमले उपेक्षा गरे पनि कलाकारिताको उपेक्षा गर्न नसक्ने भन्दै निर्देशक दिपेन्द्र लामाले ऋतिक रोशनको विषयमा मनिषाले गरेको कामको विषय समेत उठाएका छन् ।

त्यस्तै कलाकार दिपक राज गिरीले एक भिडियो सार्वजनिक गर्दै हाकिमको भन्दा बाबुको माया बढी हुने बताएका छन् । त्यस्तै अर्को रमाइलो प्रसंगसहितको पोष्ट पनि सार्वजनिक गरेका छन् र भारतीय मिडियाको कामलाई हाँसोमा उडाएका छन् ।

निर्देशक नवल नेपालले संचार माध्यमहरुले मनिषासंग माफी माग्नुपर्छ भनेका छन्  ।
त्यस्तै संचारकर्मी रवी लामिछानेले मनिषाको एउटा ट्विटबाट नै भारत हल्लिएको बताएका छन् ।

नायिका पूजा शर्माले पनि मनिषाको खुलेर समर्थन गरेकी छन् । उनले लिपुलेक, कालापानी हाम्रो हो भन्दै फेसबुक प्रोफाइलमा फ्रेम समेत राखेकी छन् ।

त्यस्तै प्रेम बानिया ‘जय स्वाभिमान मनिषा कोइराला’ लेख्छन् ।

त्यस्तै हाँस्य कलाकार कुमार कट्टेल जिग्री लेख्छन् –

कलाकार उषा रजक पनि मनिषाको समर्थनमा देखिएकी छन् ।

त्यस्तै कलाकार एसराज गराचाले समेत मनिषाको कदमको समर्थन गरेकाछन ।

गायक प्रमोद खरेलले विश्वभर कामका लागि छरिएका भारतीयले  भारतको विरोध गर्ने त भन्ने आसय ब्यक्त गरेका छन् ।

गायिका इन्दिरा जोशीले कोइराला सत्यको पक्षमा उभिने नारी हुन् भनेकी छन् ।

हास्यकलाकार राजा राजेन्द्र पोखरेलले भने संचार माध्यम माथि नै आक्रोश पोख्दै मनिषाको समर्थन गरेका छन् ।

अभिनेत्री करिश्मा मानन्धरले छिमेकी देशको मिडियाले समाचार अति रंजित गरेको आरोप लगाएकी छन् ।

त्यस्तै संगीतकर्मी युवराज चौलागाइ समर्थनमा देखिएका छन् ।

नायिका एलिजा गौतमले समेत मनिषाको समर्थनमा आवाज उठाएकी छन् ।

त्यस्तै, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भारतीय संचारमाध्यम प्रति खेद ब्यक्त गरेका छन् ।

कलाकर्मीहरुको प्रतिक्रिया आउने क्रम जारी छ ।