संघीय संरचना अनुरुपको खेलकुद ऐन पारित

काठमाडौं : संघीय संरचना अनुसार तयार भएको तथा खेलकुद विकासका लागि तयार पारिएको खेलकुद विकास ऐन, २०७७ पारित भएको छ । ऐन संघीय संसदबाट पारित भएको हो । ऐनले केन्द्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई कार्यकारी अधिकार सम्पन्न बनाउनेछ । प्रदेशको हकमा स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनेछ । ऐनले राखेप सदस्य सचिवका केही अधिकार कटौती गर्नेछ । सदस्यसचिवका केही भूमिका अब सिधै खेलकुद मन्त्रालयसमक्ष रहने कतिपयले बताएका छन् ।

बुधबार दिउँसो बसेको राष्ट्रिय सभा बैठकले खेलकुद विकास ऐन पारित गर्दे प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । ऐन लागू हुन अब राष्ट्रपतिले प्रमाणीकरण गर्नमात्र बाँकी छ । नयाँ ऐनले खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्थापन गर्नेछ ।