बोस्टन इन्टरनेसनल कलेजमा लकडाउन कविता प्रतियोगिता हुने

चितवन : बोस्टन इन्टरनेसनल कलेज अन्तर्गत ‘रीडर्स क्लब’ र ‘मिडिया एन्ड पब्लिक रिलेसन क्लब’ को सहकार्यमा कविता प्रतियोगिता आयोजना हुन गइरहेको छ। “कोरोनामय संसार” भन्ने शीर्षकमा हुन गईरहेको कविता प्रतियोगिताको लागि ईच्छुक प्रतियोगीहरुले जेष्ठ ५ गते, बेलुकी ५ बजे सम्ममा गुगल फारममार्फत कविता पठाउनुपर्ने ईभेन्ट संयोजक तथा रीडर्स क्लबका सदस्य निरज कँडेलले जानकारी दिनुभयो।

अनलाईन मार्फत आयोजना हुन गइरहेको कविता प्रतियोगितामा गुगल फारममार्फत आवेदन भएका कविताहरुबाट निर्णायकले छनोट गरेपछी मात्र प्रतियोगीलाई अन्तिम प्रतियोगितामा सहभागी गराईने कुराको जानकारी बोस्टन कलेजकी ईभेन्ट प्रमुख सबिना सडौलाले जानकारी दिनुभयो। छनोटमा परेका कविताहरुको अनलाईन मार्फत वाचन गर्ने कार्यक्रमको समय र मिति चाडैं प्रकाशन गरिनेछ।

कार्यक्रममा सहभागीहरुले निम्न उल्लेखित नियमहरुको पालना गर्नुपर्नेछ:

• सहभागीहरुले नेपाली भाषाको मात्रै प्रयोग गर्नुपर्नेछ, अरु भाषाको प्रयोग गर्न पाइनेछैन।
• कविता बढीमा १५० शब्दको हुन सक्नेछ।
• अन्तिम प्रतियोगितामा सहभागीका कविताहरुबाट छनोट गरि १५ जना प्रतियोगीलाई मात्रै समावेश गराईनेछ। प्रतियोगीहरुले
बुझाएको कविताको मुल्याङ्कन गरी निष्पक्ष रुपमा १५ जनालाई छनोट गरिनेछ।
• छनोटमा परेका प्रतियोगीहरुलाई ईमेल बाट सूचना पठाइनेछ।
• छनोटमा परेका सहभागीहरुले ZOOM बाट प्रतियोगितामा भाग लिनेछन्। ZOOM मा आफ्नै नाम राखी सहभागी हुनुपर्नेछ।
• कविता आफ्नै रचनात्मक हुनुपर्नेछ, कसैको कविता चोरी गरेको पाइएमा प्रतियोगीको सहभागिता रद्द गरिनेछ।
• सहभागी बढीमा २५ बर्ष ननाघेको अथवा स्नातक तह पढ्दै गरेको हुनुपर्नेछ।
• कविता सुरु गर्नु भन्दा पहिला प्रतियोगिताको शिर्षकसँग कविता कसरी सम्बन्धित छ भन्ने बारे २-३ वाक्यमा खुलाउनुपर्नेछ।
• कविताको मौलिकता, रचनात्मक बिषयबस्तुको समग्र प्रभावको आधारमा मुल्याङ्कन् गरिनेछ।
• कुनै ब्यक्ती, जाती, धर्म तथा समुदायको भावनामा ठेस पुर्‍याउने खालको अभिव्यक्ति कवितामा प्रयोग गर्न पाइनेछैन।
• एकपटक कविता बुझाईसकेपछी सोही कविता अन्तिम मानिनेछ र प्रतियोगीले कविता वाचन गर्दा कुनै पनि परिवर्तन गर्न पाइनेछैन।
• कविता वाचन गर्दा कुनै समस्या आएको अवस्थामा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।
• प्रतियोगितमा उत्कृष्ट कविता वाचन गर्नेलाई निम्नानुसार पुरस्कार प्रदान गरिनेछ:

– प्रथम पुरस्कार : रु ५०००
– द्वितिय पुरस्कार : रु ३०००
‍- त्रितिय पुरस्कार : रु २०००
– सान्त्वना पुरस्कार : रु १००० – २ जना लाई।

थप जानकारीका लागि सम्पर्कव्यक्ति:

सबिना सडौला, ईभेन्ट प्रमुख, बोस्टन कलेज

मोबाईल नं: 9801132364

निरज अर्याल, प्रोग्राम एसोसियट – स्किल ल्याब,

संयोजक रीडर्स क्लब

मोबाईल नं: 9861218422

निरज कँडेल, ईभेन्ट संयोजक तथा रीडर्स क्लबका सदस्य

मोबाईल नः ९८१४२१४०१५