कोरोनालाई जितेर फर्किइन् पूर्वी चितवन राप्तिकी महिला (फोटोफिचर)

 

चितवन । चितवन राप्तिकी एक महिला कोरोनालाई जितेर घर फर्किएकी छिन् । पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि राप्ती ८ कि कोरोना संक्रमित महिला घर फर्किएकी हुन् । भरतपुर अस्पतालको आइसोलेसनमा उपचार गरिएको थियो । अस्पतालले ती महिलालाई बुधबार डिस्चार्ज गरेको हो । उनको छोराको भने यसअघि नै डिस्चार्ज गरिएको थियो ।  

ती महिलासँग उनका दुई छोरा बेलायतबाट आएका थिए । दुई छोरामध्ये एक छोराबाहेक अर्का छोरा र आमालाई आरडिटी पोजिटिभ देखिएपछि गरिएको स्वाब परिक्षणमा पनि कोरोना पोजेटिभ आएको थियो ।