गुटमा रुमलिएको नेकपा : अवसर र चुनौतिको सामना

दक्षिण एसियाको कम्युनिष्ट पार्टी मध्ये आफुलाई अब्बल स्थानमा चित्रण गर्न खोज्ने नेकपा आज विश्वको नजरमा अग्नि परिक्षा कै फेजमा छ । जनस्तरबाट दुई तिहाई मत पाएर इतिहास रचेको पार्टी आन्तरिक किचलो अनि पुजिपती/अबसरबादीको थिचोमिचोको कारण सिद्धान्त र लक्ष्य प्राप्त गर्न सक्ला कि नसक्ला शंकाको घेरामा छ । निरंकुस तन्त्र हटेर लोकतन्त्र आए पश्चात् कुनै न कुनै रुपले कम्युनिष्टहरु सत्ताको वरिपरि लिप्त देखिन्छन् ।

तेत्ती, गरे है भन्ने जस्तो काम पनि देखिदैन, बरु कुनै न कुनै कारण र एकले अर्कोलाई आरोप/प्रत्यारोप लगाएर आफू पानी माथिको ओवानो बन्ने मनस्थितिमा रहेको देखिन्छ । हाल नेकपामा रहेको मुख्य तिन खेमा मध्ये के पि ओलि खेमा बलियो देखिन्छ , त्यहि बलको आडमा ओलि यतीबेला कार्यपालिका ,न्यायपालिका , आयोगहरु आफ्नो हातमा लिएर आफ्नै र अन्य पार्टीका साथीहरूलाई विभिन्न मुद्धा बल्झाएर कि चुपचाप बस नत्र म पनि चौध बर्ष जेल बसे तँ पनि बस भन्ने आसयमा रहेको सहजै अनुमान गर्न सकिन्छ ।

दोश्रो गुटका प्रचण्ड बोल्दा देश अब समाजवाद तर्फ जान्छ जस्तो सुनिन्छ तर ब्यवहारमा रुपान्तरण हुने आशमा बस्दा बस्दा जनता निराश भैसके । पछिल्लो दुई दसक हेर्दा प्रचण्डले ओलि को जस्तो नैतिकता गुमाइसकेका भने छैनन् , उनलाई अझै अवसर त छ, तर साथसाथ चुनौती पनि सानो तिनो छैन । पार्टी भित्रै उनलाई अर्को पक्ष सितिमिती हाबी हुन नदिने बरु देश फासिवाद तिर गए जाओस् भन्ने मनस्थितिमा रहेको प्रस्ट देखिन्छ । तेश्रो गुटका माधव नेपाल तेत्ती पावरमा रहेको जस्तो देखिदैन । उनि अबसरवाद उन्मुख देखिन्छन । प्रधानमन्त्री जसले दिन्छ उतै ढल्कने उनको स्वभाव १ दसक देखि देखिन्छ । महाधिवेशनमा ओलि सङ हारेका उनी अल्पमतमा छन ।

प्रसङ्ग रह्यो अब नेकपामा यी तीन गुट मिलान गरेर अघि बड्ने नेताको खोजी । के यो अहिलेकै नेतृत्व पंक्तिमा रहेकाबाट संभव छ त?? गम्भीर प्रश्न खडा हुन्छ । अहिले पार्टी अध्यक्ष समेत रहेका सम्मानिय प्रधानमन्त्री गुट मिलाउन भन्दा पनि एकलौटी ढंगबाट पेलेर लाने सोचमा देखिन्छन् । उता कार्यकारी अध्यक्ष प्रचण्ड गुट मिलाएर लाने पक्षमा भने देखिन्छन् तर त्यो अबसरकै खोजीमा रुमलियका छन ।

प्रचण्ड जसरी सेर बहादुर देउवा को आडमा प्रधानमन्त्री बने तेति बेलाको कामकर्तब्य बाट अघि बढ्ने हो भने कम्तीमा ५ बर्षमा देशमा समाजवादको आधार तयार हुने संकेत अनुमान गर्न सकिन्छ । यतिबेला तेसैगरी साथ दिने कोहि देखिदैनन । गुट मिलानको चुनौती गम्भीर छदैछ यदि त्यो चुनौति पार लगाएर जान सक्ने हो भने दुई तिहाई को आड प्रहरी र प्रसासन को सहयोगमा देशलाइ समृद्धि को दिशा तर्फ लैजान सक्ने ठुलो अबसर पनि छ ।

दोश्रो पुस्तामा त्यो चुनौती सामना गर्न सक्ने नेता कोहि देखिदैनन । त्यसैले अहिलेको नेतृत्वकर्ता हरुले हाल देखा परेको चुनौती पार लगाउदै निकास दिन सक्ने हो भने जनस्तरमा युग नेताको रुपमा चित्रण हुन सक्ने यो सुनौलो अवसर हो ।

रामसुदन फुयाल , काठमाडौं