गम्भिरताको बिषय: बढ्दै संक्रमित, लकडाउन खुकुलो

बिश्व महामारीको रुपमा रहेको कोभिड-१९ अर्थात कोरोना भाइरसले बिश्व थला परी रहेको छ। आफुलाई शक्तिशाली राष्ट्र साबित गर्दै आएको चिन बाट फैलिएको यो भाइरस आज अधिकांश देशमा देखा परे संगै बिश्व मानव जगतलाई तहस नहस बानाई रहेको छ। मानव जिवनको महत्वपुर्ण मानिएको क्षेत्र अर्थतन्त्र पनि यतिबेला खाडलमा परेको छ।

अझै बिडम्बना संसारमै आफुलाई शक्तिशाली राष्ट्रको रुपमा चिनाउदै, सावित गर्दै आएको संयुक्त राज्य अमेरिका पनि कोरोना भाइरसको चपेटामा मज्जाले परेको छ। यसको मुख्य कारण हुन सक्छ अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले जसरी चाईनिज भाईरस भनी भाषण गरेका थिए, त्यसरी नै आफ्नो देशमा कोरोना भाईरसलाई एउटा मजाकको रुपमा लिए।

भाइरस पत्ता लागेको लामो समय सम्म कुनै पनि औषधि बन्न नसक्नु यो चानचुने कुरा होइन। दिनमा हजारौको संङ्ख्यामा बढ्नु, मृत्यु हुनु, निको भएर घर फर्किनुलाई सामन्य स्थिति भनेर भन्न सकिदैन र भनिदैन पनि। मानव जातिको अस्तित्वलाई रक्षा गर्ने बेलाको चुनौतीको रुपमा रहेको यो भाइरसले कुनै एउटा क्षेत्रलाई मात्र धरापमा पारेको छैन। मानब जीवनका सम्पुर्ण क्षेत्रलाई एउटा कुनामा पोको पारेर, बिगारेर सढाई दिएको छ।

चर्चा गर्नु पर्ने कुरा धेरै छन कति सम्भव हुन्छन त कति हुदैनन, चर्चा गरौ गम्भिरताको बिषय: बढ्दै संक्रमित, लकडाउन खुकुलो यो बिषयमा……………………………………………………………..यो बिषम परिस्थितिको एउटामा मात्र उत्तम बिकल्प लकडाउन नै रहेको विश्व स्वास्थ्य संगठनले पनि निष्कर्ष निकालेको छ र आम हामी मानव जातीले पनि अनुभुति गरेको कुरा हो। बिश्वका अधिकांश देशमा लकडाउन कायम रहेको छ। संक्रमन घट्दै आएको चिनमा पनि फेरि संक्रमण देखा पर्न थालेपछि लकडाउन फेरि सुरु भएको छ। कुरा गरौ हाम्रै देश नेपालको, नेपाल जस्तो गरिब देशमा संक्रमित बढ्दै गइरहेका छन। नेपाल सरकार लकडाउन बढाउदै कडा गर्ने भनेर बोलिरहदा यता जिल्ला तथा स्थानीय प्रशासन खुकुलो बनाउदै गइरहेको छ।चोक, बस्ति, सडक टोलहरुमा भिडभाड बढ्न थालेको छ। खत्राको संकेत देखिएको छ। लकडाउनलाई कडाई गर्दै नागरिकका सामान्य आबश्यकतालाई परिपुर्ति गर्ने तिर सकारको ध्यान केन्दृत हुने भने पनि सहज परिस्थिति आउने थियो।

लकडाउनको मारमा परेका मजदुरलाई भोकमरीले सताईसकेको छ। सरकारको राहत८० करोड भन्ने कुरा मिडियामा आयो तर त्यो ८० करोडको यथार्थ विवबरण आउन सकेन। कतै यो कुरामा सरकार चुक्यो कि भन्ने शंकाले पनि मन चसक्क बनाईदिन्छ। राज्य र सरकारका राम्रा र उपलब्धि मुलक कुराहरुलाई सहर्ष स्विकार्दै लकडाउनको पुर्ण पालना गर्नु पर्ने हामी नगरिकको पनि कर्तब्य हो। तर कतिपय कुरामा हाम्रो लपारबाहि भएको छ कि भनेर भन्न मन् लाग्छ। तर पनि नेपाल जस्तो गरिब देशमा बिहान खाए बेलुका कसरी के खाउँ भन्ने स्थितीले गर्दा पनि यो परिबेश आएको भन्न सकिन्छ।

जव मान्छेलाई कुनै कुराको आबस्यकताले पिरोल्न थाल्छ नि तब उस्ले हरेक कुराको रिक्स लिएर जस्तो सुकै काम र कर्मलाई पनि अगाल्न बाध्य हुन्छ। यो लकडाउनमा देखिएको समस्या पनि यहि हो कि भनेर सोच्ने र गम्भिरता पुर्वक लिने आखिरको? कसले सोचिदिने? दिन रात नागरिकको रक्षा गर्न बसेका प्रहरी प्रशाशन, राज्य चलाउने सत्ताधारी राजनितिक दल, पक्ष र विपक्षमा बोल्ने समुहहरुले मात्र सहि र नागरिकले स्वागत गर्न योग्य काम र निर्णयहरु हुने भने पनि यो स्थितिलाई थोरै सहज बनाउन सकिने थियो कि।

आरोप र प्रत्यारोपमा उत्रीले हामी नेपालीको प्रबृतिलाई पनि झन यो कोरोना भाइरस अलिकति मलजल बनेको देखिन्छ। यो बिपतको समय हो यो व त्यो भनेर पाखा लाग्ने समय होइन। के कुराको माग छ। के कुराले सताएको छ, के कुराको जटिलता छ त्यस भन्दा पर रहेर गर्ने निर्णयहरु यतिबेला देशका लागि हानिकारकछ्न। आफुलाई खाने तरकरी उज्बाउन नसकेर छिमेकी मुलुकको भर पर्ने हामी नेपालीले त्यस्को बदलामा कति दुख र कष्ट भोगिरहेका छौ। त्यो मैले भन्नु पर्दैन। कुनै कुराको इखलाई मन र देशको स्वाधिनता सँंग नदाजेर हामी नेपाली थिच्चिएर बसिरहेका छौ। दुख लाग्छ बोल्न मन् लाग्छ तर सबै कुरा सत्तमा केन्दृत छ। जसरी सामाजिक सञ्जाल र मिडियामा बोलि र भाषणहरु छाप्पिन्छन र छाट्टिन्छ्न त्यसरी निर्णय र कार्यान्वयन हुने हो भने सायद नेपाली गरिब हुने थिएन होला।

सबिता शर्मा, पोखरा