मरेको मृग काटेको भन्दै मासु सहित एक पक्राउ

राजेन्द्र न्यौपाने, गोरखा :  गण्डकी गाउँपालिका वडा नं. ८ स्थित सिउरेनी टारमा मरेको मृग काटेको आरोपमा एक जना पक्राउ परेका छन् । आरोपीलाई जिल्ला वन कार्यालयको गाडि मार्फत गोरखा ल्याइएको छ । यसबारेमा अनुसन्धान भईरहेको जिल्ला वन कार्यालय गोरखाले जनाएको छ ।
मरेको मृग काटेर भाग उठाउने बेलामा प्रहरी आएपछि सबै भागेका र मासु पाइन्छ की भनेर नजिकै रहेका नागरिकलाई प्रहरी पक्रेको थियो । विभिन्न समयमा देखिएका रोगहरु बन्यजन्तुको मासुका कारण लाग्दै आएकोले बन्यजन्तुको मासु नखान विश्व स्वास्थ्य संगठनले सचेत गराउँदै आएको छ ।