भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडक (फोटो)

 

काठमाडौं : सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्र भारतीयको अतिक्रमणमा परेको छ । त्यही अतिक्रमणमा परेको क्षेत्रमा भारतले कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निर्माण गरेपछि चर्को विरोध भइरहेको छ ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक हुँदै मानसरोवर जोड्ने गरी भारतले ७८ किलोमिटर लामो सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको छ ।

भारत सरकारले उद्घाटन गरेपछि अहिले चौतर्फि विरोध जारी छ । भारतले एकलौटी ढंगले निर्माण गरेको भन्दै नेपाल सरकारदेखि राजनीतिक दल लगायतले विरोध गरिरहेका छन् । उक्त सडक हेर्नुहोस् फोटोमाः

फाेटाे: नरेन्द्रसिह कार्की ⁄ रासस