१० लाइनहरु, जसले तपाइँको मन छुन सक्छ

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. कसैको साथ छोड्नलाई त बस एउटा बहाना चाहिन्छ किनकि साथ निभाउनेले त अन्तिम सास रहेसम्म पनि साथ् निभाउने गर्छन ।

२. सम्बन्ध कहिले पनि आफै मर्दैन किनकि सम्बन्धलाई मार्ने मान्छे आफै नै हो, कहिले बेवास्ता गरेर त कहिले शंका गरेर ।

३. मान्छे त्यो बेला समझदार बन्दैन जतिबेला उसले ठुलो कुरा गर्छ, मान्छे त त्यो बलेया समझदार बन्छ जब उसले सानो सानो कुरा पनि बुझ्न सुरु गर्छ ।

४. एकदिन हामी सबै एक अर्कालाई यहि सोचेर गुमाउने छौ कि उसले मलाई वास्ता गर्दैन, त्यसैले कसैले वास्ता गरोस या नगरोस तर तपाइको मनको मान्छेलाई तपाइले नै वास्ता गर्नु पर्छ ।

५. यदि कुनै दिन कुनै सम्बन्ध तोड्नु पर्यो भने आफुलाई एक पटक पक्का सोध्नुहोस कि यो समबन्धको सुरुवात के कारणले भएको थियो, यदि कारण खुल्छ भने तोडी दिनुस र कारण खुलेन भने आफुलाई रोकी दिनुस किनकि अक्सर माया बिना कारण नै हुने गर्छ ।

६. साचो प्रेम र झुटो प्रेममा बस यति मात्र फरक हुन्छ कि साचो प्रेम गर्नेले पुरै दिनियालाई छोडेर आफ्नो प्रेमलाई पहिलो ठाउ दिन्छ र झुटो प्रेम गर्नेले पहिला दुनियादारी लाइ ठाउँ दिन्छ अनि मात्र आफ्नो प्रेमलाई ठाउ दिन्छ ।

७. वास्तवमा कुनै पनि सम्बन्ध टुट्नुको पछाडी एक मात्र कारण हुन्छ कि दुबैले आफ्नो ठाउमा आफुलाई सहि साबित गर्ने कोशिस गर्छन तर मायामा आफु गलत भएर पनि आफ्नो प्रेमीलाई सहि साबित गर्नु पर्ने हुन्छ ।

८. यदि कसै संग मन दुखेको छ भने केहि समय चुप बसेर त्यसलाई मेटाई दिनुपर्छ किनकि झगडाले त त्यो सम्बन्धलाई आगोमा झोसी दिन्छ, जसको अन्त्य सधै दुखद नै हुने गर्छ ।

९. जुन प्रेममा बारम्बार आफु सहि भएको प्रमाण दिनुपर्छ, त्यो प्रेमले कहिले पनि प्रेमको रुप लिन पाउदैन किनकि प्रेम प्रमाणले होइन एक अर्काको सम्मानले टिक्ने गर्छ ।

१०. एउटा कुरा सधै ख्याल गर्नुस कि स्वार्थले बनाइएको सम्बन्ध चाहे लाख कोशिस गर्नुस तर त्यो सम्बन्ध जोडिदैन तर प्रेमले बनाइएको सम्बन्ध चाहे लाख कोशिस गर्नुस तर त्यो सम्बन्ध तोदिदैन ।