वागमती प्रदेश प्रहरी मुलुककै नमुना बनाउछु : डिआईजी वसन्त (भिडियो)

 

चितवन : वागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख (डिआईजी) वसन्त लामाले कसैले भन्दैमा प्रहरीको सुरुवा गर्ने नीति बे्रक गर्ने बताएका छन् । वागमती प्रदेश कार्यालयमा आएसगैँ सौराहा अनलाईन टिभिसँग दिएको पहिलो अन्तवार्ता दिदै उनले उत्कृष्ट काम गर्ने प्रहरीलाई परिर्वतन गर्ने नीति वागमती प्रदेश हटाउने स्पष्ट पारेका हुन् । म भर्खर आएको छु उनले भने, अब यहाँ प्रदेश प्रहरीको व्यवस्थापनसगैँ वागमती प्रहरी मुलुककै नमुना प्रहरी बनाउनेछु ।
कसैले भन्दा हामी परिर्वतन अब गर्दैनौ उनले भने, प्रहरी के काम गरेको छ र किन परिर्वतन गरिएको हो त्यो कुरा थाहा दिने परम्परा सुरु गर्दै, मनपरी सरुवा बे्रक र्गछु ।

निर्वतमान आईजीपि सर्वेन्द्र खनाल अपहरण गरेको काण्डमा मुछिनुलाई प्रहरीले कसरी हरेको छ भन्ने प्रश्नमा उनले भने गलत कार्यमा मुछिनु अपराध हो । तथ्य गत कुरा थाहा छैन्, तर प्रहरीको नाममा गलत कार्य गर्ने छुट कसैलाई छैन् । त्यो पर्दीका हुन् वा पूर्व प्रहरी, गलत काम कोहीले पनि गर्न हुदैन् । त्यसको पछाडीको प्रहरी जोडिएपछि त झनै हुदैन्, त्यो अपराध हो ।

यस्तै उनले कोरोना संक्रमणबाट बचाउने अभियान वागमती प्रदेशमा पहिलो प्रथामिकता हुने बताएका छन् । उनले प्रहरीको जिम्मेवारी अन्तर्गत नागरीकहरुको सुरक्षा मात्र नभई हरेक अपराधिक घटना न्यूनीकरण गर्नु मुख्य दायित्व भएको भन्दै अहिलेको अवस्थामा कोरोना संक्रमणबाट बचाउनका लागि पनि सक्दो पहल गर्ने बताएका हुन् ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई पूर्णरुपमा कार्यान्वन गराउनुका साथै अपराधिक घटना रोक्दै बागमती प्रदेशलाई सुरक्षित गर्नका लागि विभिन्न स्थानहरुमा आवश्यकताअनुसार प्रहरी परिचालन गर्ने समेत उनले बताए ।