लकडाउनमा बनाइएको यो अनौठो गिनीज बुकको विश्व रेकर्ड (भिडियाे)

 

एजेन्सी । लकडाउनको समयमा मानिसहरु घरमा बसेर विभिन्न सीप सिक्नुको साथै अनौठा अनौठा रेकर्डहरु बनाइरहेका छन् । यसरी हेर्दा लकडाउनले मानिसहरुका लुकेर बसेका प्रतिभाहरु प्नि प्रकट हुने गरेका पनि छन् । यो बेला मानिसहरु कोही भान्सामा नयाँ नयाँ परिकार बनाइरहेका छन् भने कोही योगका नयाँ नयाँ आशनहरु देखाइरहेका छन् । कोही घरमै शारीरिक अभ्यास गरेर आफूलाई फिट देखाउन तल्लिन छन् ।

अमेरिकाका ग्रेग विस्टकले लकडाउनमा यस्तै अनौठो कार्य गरेर गिनीज बुकमा विश्व रेकर्ड नै राखेका छन् । ग्रेगले पानी भित्र ५० किलोको तौल ६२ पटक उठाएर रेकर्ड बनाएका छन् । अचम्म त उनले आफ्नो कार्य सम्पन्न नगरुन्जेल पानीमा सास रोकेर बसे । यो उनले अमेरिकाको इलिनोइसको सेन्ट चाल्र्स तालमा गरेका थिए ।

ग्रेगले पानी भित्र ६२ पटक सम्म उक्त तौल उठाउँदा मजा आउनुको साथै डर पनि लागिरहेको बताए । उनले यसको भिडियो पनि बनाएका थिए जो गिनिज बुक आफ वल्र्ड रेकर्डको फेसबुक पेजमा पनि सेयर भएको छ ।

हुनत ग्रेगका लागि यो कुनै नौलो कुरा होइन । अघिल्लो वर्ष पनि उनले पानी भित्र ४२ पटकसम् मयति नै तौल उठाएर विश्व रेकर्ड बनाएका थिए । अहिले उनले उनले बनाएको उक्त रेकर्ड नै ब्रेक गरेका छन् । ग्रेगको यसप्रकारको विश्व रेकर्ड तारिफ योग्य कार्य भएपनि पानी भित्रको यो कार्य खतरापूर्ण भने अवश्य छ । नागरिक खबरबाट