कोरोना भाइरस कोभिड १९ संक्रमण भै उपचार पछि बाचेको परिवार

चितवन : आज भन्दा ठिक १२ बर्ष अगाडि नेपालको बढ्दो बेरोजगारीको अबस्था, वैदेशिक रोजगारिको मोह र आकर्षणले पुर्बी चितवनको तत्कालीन पिप्ले गा.बि.स. वडा नम्बर ७ निवासी अनिल सेढाइलाइ पनि नेपाल छोड्न बाध्य गरायो । बि.स. २०६४ सालमा अनिल सेढाइ होटल लाइनको ओर्कपर्मिट भिजामा बेलायत हानिए ।अनिलका जेठो दाइ हेमकान्त सेढाइ बिगत लामो समय देखि बेलायतमा आफ्नै होटल सन्चालन गर्दै गरेका कारण पनि अनिललाइ खासै समस्या भएन ।आफ्नै दाइ मार्फत दाइकै होटलमा काम गर्दा त्यि दिनहरु प्रगतिशील नै थियो उनि सम्झिन्छन ।

केही समय दाइको रेस्टुरेन्टमा काम गरेको अनुभवबाट आफ्नै नेप्लिज गोर्खा रेस्टुरेन्ट नामको होटल खोलि श्रीमती मिरा सेढाइ र कान्छो भाइ होमराज सेढाइलाइ समेत उतै लगि आफ्नै लगानिमा होटल सन्चाल गर्दै आएका थिए। बेलाबेला नेपालमा रहेका परिवारलाई भेट्न आइरहने र नेपाल आउदा सामाजिक सेवामा पनि त्यति नै अग्रसर रहने गर्दछन ।ठूलो दाजु हेमकान्त सेढाइ र अनिलले नेपालका विभिन्न विकट बस्तिमा एम्बुलेन्स ,दम्कल लगायत २०७२ सालको महाभुकम्पको कारण घरबार गुमाएकाहरुको परिवारलाई त्रिपाल, खाद्यान्न लगायतका सामाग्री समेत बितरण गरेका थिए ।

दिनचर्या प्रगतिशील र उन्नति मुलक नै थियो स-परिवार खुशी र सन्तुष्ट नै थिए । बि.स.२०७४ सालमा परिवारको खम्बा, एउटा सितल छहारी दिने आसा भरोसाको केन्द्रबिन्दु जेष्ठ अभिभावक बुवा गुमाउन पुग्दा सम्पुर्ण सेढाइ परिवार नै सोकमा डुबेको थियो ।मृत्यु कसैका लागि सामान्य हुदैन तर पनि बिर्सनु त पर्छ, सोहि अनुरुप बिर्सिए जसरी फेरि जिन्दगीको पाग्रा चलाए पुरानै जस्तो गरि ।समयकाल बित्दै गयो प्रदेशमा दुख गरेको पैसा केही बचत गर्दै केही चाहि सामाजिक सेवामा खर्चिदै आत्मसन्तुष्टि बटुल्दै थिए सेढाइ परिवार ।

यसैबिचमा चाइनाबाट संक्रमण भएको कोरोना भाइरस कोभिड १९ ले चाइनामा धेरै ब्यक्तिमा संक्रमित गराइ धेरैको ज्यान लिइ सकेपछि अन्य देशहरुमा बिश्वभ्रमणको रुपमा निस्कियो कोभिड १९ । स्पेन ,अमेरिका ,जापान, कोरिया,भारत बेलायत लगायत धेरै रास्ट्रहरुमा महामारीको रुप लिइ लगडाउनको अवस्था नै श्रीजना गरायो ।त्यसो त नेपाल पनि अछुतो रहेन । बेलायत स्थित अनिल सेढाइले सन्चालन गर्दै आएको नेप्लिज गोर्खा रेस्टुरेन्ट पनि मार्च १९ देखि बन्द गराइयो । विश्व नै आतङ्कित र भयभीत रहेको अबस्थामा uk स्थित सेढाइ परिवार पनि उत्तिकै ससङ्कित थियो।होटल बन्द गरेको २/३ दिनमा अनिल सेढाइलाइ सामान्य ज्वारो र टाउको दुख्न सुरु भयो ,घाँटी पोल्न थाल्यो र सुख्खा खोकी सुरु भयो ।

कोरोना भाइरस कोभिड १९ ले बेलायतमा पनि हजारौको ज्यान लिइरहेको अबस्थामा कता कता डर लाग्यो अनिललाई ।आफुलाइ त्यस्तो लक्षण सुरु भएको ४/५ दिनमा उनको श्रीमती मिरालाइ पनि ठ्याक्कै त्यस्तै लक्षण देखियो ।र कान्छो भाइ होमराज सेढाइमा पनि त्यही भयो जुन भाउजू र दाइलाई भएको थियो ।डराए ,आत्तिए अनिल ।बिस्तारै मिरालाइ सास फेर्नै गार्यो भो झनै जटिल अबस्था आउन थाल्यो ।बेलायतको एमर्जेन्सी सेवा ९९ मा फोन गरे त्यसको केही मिनटमै एम्बुलेन्स आयो । मिरा र होमराजको अवस्था ज्यादै नाजुक भएको कारण एम्बुलेन्समा राखियो र मिराको मनमा लागेको थियो अब मैले मेरो श्रीमान र यो घरलाइ अन्तिम चोटि हो हेर्ने ,यस्तै सोच थियो ।स्वादेशमा हुदा केही भएन प्रदेशमा नै ज्यान जाला पशुपतिमा साहेदै ठाउँ नमिल्ला मेरो लागि ,बिदेशको माटोमा नै मिल्नु पर्ला भन्ने ठुलो डर थियो ।

आँखा भरी आँसु, सिथिल शरीर , अनेक तरङ्ग र पिडाका साथ बेलायतको प्रख्यात हस्पिटल रोयल कर्नोअल टुरो तर्फ अक्सिजन र सलामी लगाउदै लगियो र आइसुलेसन अर्डमा राखियो ।एकदमै सतर्कका साथ उपचार हुन थाल्यो मिरा र होमराजको । यता अनिलको अवस्था भाइ होमराज र मिराको जस्तो जटिल नभएका कारण घरमा नै कोरनटाइनमा सुरक्षित रहन प्रहरिले अनुरोध गरेको कारण उनी घरमै रहे। एक्लै घरमा बस्दा अनेक तर्कनाहरु श्रीजना भए ,बाच्छु जस्तै लागेन तर पनि लुकाउन मनै लागेन अनिललाइ ।

सबै भन्दा पहिले बेलायमै भएका दाजु हेमकान्त हुँदै नेपालमा रहेका आमा र भाइ बुहारिहरुमा यो खबर प्रबाह गरे । भर्खर श्रीमान गुमाएको १ बर्ष पुगेको थियो अब फेरि छोरा बुहारी ३ जनामै कोरोना संक्रमण भयो रे भन्ने सुन्दा कुन चाहिँ आमा नरुलिन ।भाइ बुहारी सबै रुन थाले ,फोन र भिडियो कलमा सबलाइ सम्झाइ बुझाइ उनी आफू बाच्छु भन्ने पुर्ण भरोसा दिलाए । ठुलदाइ हेमकान्त सेढाइ भेट्न आउछु भन्दा संक्रमणको डरले अनिल आफैले नआउन आग्रह गरे । विश्व महामारीको रुपमा विकसित हुँदै गरेको र धेरैको ज्यान लिदैगरेको कोरोना भाइरस कोभिड १९ आफुमा संक्रमण भैसकेपछी अरुमा पनि थप सतर्कता होस र संक्रमण भएकालाइ पनि थप भयभीत नहोस भन्ने आसयका साथ मिडियामा आउने निधो गरे ।

भाग्य न्यौपाने ,शिसिर भण्डारि, गोपाल बिश्वकर्मा हुँदै news 24 टेलिभिजनको चर्चित कार्यक्रम शिधा कुरा जन्तासङ र अन्य समाचार पत्रहरुमा आफुलाइ सार्बजनिक गरे । अनिल सेढाइको ३ जना परिवारलाई कभर बनाइ धेरै युटुब च्यानल र पत्रीकामा भरिए कोभिड १९ संक्रमित भनि । अनिल एक्लै कोठामा भएता पनि उनी कहिले एक्लै भएको महसुस गरेनन परिवार ,साथी ,सङ्गी ,आफन्त ,सम्पुर्ण नेपाल बासिसङ विभिन्न माध्यमबाट नजिक हुँदै जीवन रक्षाको निम्ति आशीर्वाद थाप्दै थिए ।

उता मिरा पनि बिस्तारै बिस्तारै आइसुलेसनको अर्डबाट आफू बाच्ने बिश्वास पलाउदै थियो । हस्पिटलको बेडबाटै सासू र आमासङ कुरा गर्दा भाबबिहोल भएकी थिइन ।सानै देखिको स्कुले साथी पोर्चुगल स्थित पारु राउत र क्यानडामा बस्नुहुने सबि लामिछानेसङ बारबार कुरा गर्दा अलि आफु बाच्ने आत्मबल पलाएको महसुस भएको थियो। सामान्य अबस्थामा फर्किएको र अब घरमै करेन्टाइनमा बस्दा हुन्छ भन्दै टुरो हस्पिटलले होमराजलाइ ५ दिनमा घर पठाइदियो । २/३ महिना पछि नेपाल फर्किएर बिहे गर्ने उनको पहिलेको त्यो सपना बिस्तारै साकार हुन्छ कि भन्नेमा बिस्वास लाग्न थाल्यो ।

अब दाइ अनिल र भाइ होमराज घरमै सुरक्षित रहन थाले । ५ /५ मिनेटमा पानी पिउने ,फलफुल खाने ,खाना समयमा लिने र अन्य समाचार हेर्दै आफ्नो दिनचर्या बित्ने अनिल बताउछन । सबै भन्दा ठूलो औसधि आत्मबिस्वस त्यस पछिको धैर्यता अनि सुरक्षित भइ घरमै बसे कोरोनालाइ जित्न सक्ने उनको बिश्वास छ ।अहिले ८ दिनको टुरो हस्पिटलको बसाइ पछि मिरा घर फर्किएकी छिन अब आफुमा ६०% भन्दा बढी कोरोना भाइरस कोभिड १९ निको भएको दाबी छ सेढाइ परिवारमा ।अहिले नेपाल स्थित घरमा सबै परिवारका सदस्यहरु सामान्य अबस्थामा छन आफु पनि हतोत्साहित नरहेको र कोभिड १९ लाई जितिएको भनेर खुशी छन ।

अहिलेको सेढाइ परिवारको दिनचर्या भनेको १०/१२ घण्टा सुत्ने, बिहान १० बजे उठ्ने ,फ्रेस हुने ,अण्डा फलफुल र जुस खाने ,विभिन्न समाचार हेर्ने ,२:३० मा खाना खाने ,आफन्त साथिभाइसङ कुरा गर्ने, ५/६ बजे फलफुल खाने, सफाइमा बिशेश ध्यान दिने र राती १० बजे खान खाएर सुत्ने यसरी समय बित्दैछ अनिल बताउछन । हाल अहिले पनि सामान्य खोकी रहेको र अन्य समस्य नरहेको उनको भनाइ छ ।हरेक कुरामा ध्यान दिन सके आफ्नो सुरक्षा आफैले गरे कोरोनालाइ जित्न सकिदो रहेछ भन्ने एक दरिलो उदाहरण हुन अनिल सेढाइको ३ परिवार ।

जसले कोरोनालाइ जित्न सफल भए । अहिले पनि उनलाइ चिन्ता छ नेपालको ।यति ठूलो शहर जसलाइ हस्पिटलको शहर भनिन्छ बेलायत , स्पेन, अमेरिका जस्ता देशहरुमा हजारौ ब्यक्तिले कोभिड १९ संक्रमणकै कारण ज्यान गुमाए यहि रोग नेपालमा महामारीको रुपमा फैलिए कसरी थेक्न सक्ला मेरो देशले ? उनी एकदमै चिन्तित छन त्यसैले आफू उदाहरण बनी हरेक मिडिया मार्फत चेतना दिने उदेश्यका साथ सक्रिय रुपमा लागेका छन । हामी पनि कोरोना भाइरस कोभिड १९ लाई जित्न सफल भइ नया जिबन प्राप्त गर्नुहुने सेढाइ परिवारलाई शुभकामनाका साथ तपाइको नेपाल प्रतिको स्नेहलाइ कदर गर्दै सलाम र नतमस्तक छौ ।