हे तिमी, को हौ तिमी ? कस्की हौ तिमी ? कस्ती छौ तिमी ?

प्रा.डा.हरिशचन्द्र न्यौपाने : तिमी यस्ति भएर आयौ कि तिमीलाई कस्तो छ भन्न मैले नसक्ने बसन भनेर भन्न पनि मैले नसक्ने

के खायौ भनेर मैले सोध्न नसक्ने

तिमीले मलाई त आज अली ज्वोरो आएको जस्तो छ भन्दा खोई त भनेर तिम्रो निधारमा छामेर ठीकै छ भनेर भन्न नसक्ने ।

खोई आँ गर त म तिम्रो जिब्रो हेर्छु भनेर भन्न नसक्ने ।

थर्मोमिटर लगाएर ज्वोरो नाप्छु भन्न नसक्ने ।

धेरै नै ज्वोरो आएछ भनि पानी पट्टी लगाएर बिस्तारामा सुत भन्न नसक्ने ।

ल अलिकती तातो पानी खाएर रेस्ट गर पनि त मैले भन्न नसक्ने ।

अझै मैले बाहिर कतै गएर आएकी हौ भन्दा यसो दुई चार दिन इन्डिया तिर गएर आएको भनेपछि त धन्नै बसेको ठाउँमा नै ठाउँको ठाउँ ठहरैनभएको ।

तिम्रो प्रवृति के हो भनेर सात हजार जिब्रो भएका शेष नागले त भन्न नसक्ने

हामी त को हो र !

तिम्रो वर्णन गर्नै नसक्ने ।

दुनियाँमा त्रास फैलायौ संसारको रूपै फेर्यौ कसैलाई काखा त कसैलाई पाखा गर्यौ, हे तिमी को हौ बुझनै नसक्ने ।

हप्तै पिच्छे आफ्नो प्रवृति फेर्छ्यौ

साइनटिस्टहरूले पनि तिमीलाई चिन्नै नसक्ने ।

हे तिमी को हौ स्वर्गकी अप्सरा की पृथ्वीकी परी,

सबैलाई एस्सो छोएपछी छोड्दै नछोड्ने, नजिकै बाट हिँडे पनि झ्याप्पै माया लगाइदिने हे तिमी, को हौ तिमी ?

तिमी आउँछौ भन्ने डरै डरले तिम्रो बचाउको तयारीले मान्छेहरू यहाँ घर न घाट को भैसके ।

हे तिमी, को हौ तिमी जाउ भन्न पनि नसक्ने बस भन्न पनि नसक्ने ।

हे तिमी, तिमी आउँछौ रे भन्दा त यो हालत छ तिमी साँच्चै आयौ भने तिमीले के–के गर्ने हो साँच्चै भन त ?

मैले सुनेको छु पश्चिममा पनि आयौ, वीरगञ्जमा पनि आयौ, हे तिमी चितवन त धेरै गर्मी छ, यो त ७८ औं जिल्ला हो ।

हेर यतातिर त नआउ है तिमी ।

तिमी किन यस्तो निर्दयी भएकी ?

डाक्टर र नर्स त देखिसाहन्नौ रे किन यस्ती भएकी तिमी ?

हे तिमी, लौ अब त एक मुट्ठी खाना र एक सर्को निंद्रा सुत्न देउ, हे तिमी ।

बस भन्न पनि सक्दिन जाऊ भन्दा पनि मान्दिनौ तिमी ।

हे तिमी, को हौ तिमी, कस्की हौ तिमी ? कस्ती छौ तिमी ? कहाँ छौ तिमी ?

कहिले चुप लागेर बस्ने हौ तिमी ?

संसार ध्वस्त बनाएर जाने भयौ तिमी ।

(चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेको फेसबुकबाट ।)