नेपाल प्रहरीमा १० जना एसएसपी डिआईजी बढुवामा सिफारीस, एक नम्बरमा सिंहले बाजी मारे

काठमाडौं :  नेपाल प्रहरीका १० जना एसएसपीहरु डिआईजीमा बढुवा सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रवार सांझ १० रिक्त डिआईजी पदमा बढुवा सिफारीस गरेको हो । डिआईजीमा बढुवा हुनेमा एसएपीहरु धिरज प्रताप सिंह,शहकुल थापा,बसन्त लामा,घनश्याम अर्याल,प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की,बसन्त पन्त,उत्तम सुबेदी,रबिन्द्र धानुक र अरुण विसी रहेका छन् ।

डिआईजी बढुवाको विषयमा प्रधानमन्त्री केपी शर्मा र गृहमन्त्री रामबहादुर थापाबीच कुरा नमिल्दा केही समय बढुवा रोकिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार सांझ प्रधानमन्त्री ओली,गृहमन्त्री थापा र गृहसचिव महेश्वर न्यौपानेबीच छलफल भएपछि बढुवा प्रक्रिया अघि बढेको हो

बालुवाटारको छलफलपछि शुक्रवार सांझ नै गृहमन्त्रालयमा बढुवा समितिको बैठक बसेको थियो । उक्त बैठकले नेपाल प्रहरीका १० एसएसपीहरुलाई डिआईजी बढुवामा सिफारीस गरेको हो ।

Comments are closed.