कोरोना नमुना परीक्षण तीव्र, २४ घण्टामा ६३० को परीक्षण

काठमाडौं : सरकारले कोरोनाको नमुना परीक्षणलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नमुना जाँचको दायरा बढाएर परीक्षणलाई तीव्रता दिएका हो । शुक्रबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको शंकामा गत २४ घण्टामा काठमाडौंमा ४०१ र काठमाडौंबाहिर २२९ गरी ६३० जनाको कोरोना परीक्षण गरेको जानकारी दिए । यस्तै, अहिलेसम्म देशभर ३ हजार ५२४ जनाको नमुना परीक्षण भएको प्रवक्ता देवाकोटाले जानकारी दिए ।

उनले कैलालीमा ३३९, कञ्चनपुरमा १३७, बाग्लुङमा १९ र कपिलवस्तुमा २१ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ‘ती सबै जिल्लामा संकलित जमुनाको नतिजा नेगेटिभ आएको छ,’ डा. देवकोटाले भने, ‘८०० भन्दा बढी नमुनाको जाँच चलिरहेको छ ।’

यस्तै, अहिलेसम्म देशभर ८ हजार ६६० जना क्वारेन्टाइनमा रहेका छन् । यसरी नै काठमाडौंमा १५ सहित देशभर १२५ जना आइसोलेशनमा रहेका प्रवक्ता देवकोटाले जजानकारी दिए ।ax

Comments are closed.