देवघाटका अध्यक्ष दुर्ग करोना सचेतना गराउदै वस्ती वस्तीमा

 

देवघाट : विश्भर कोरोना भाइरसको संक्रमण फैलिरहंँदा र नेपालमा पनि यसको संक्रमण देखिन थाले पछी देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापामगर देवघाट वडा नम्बर दुई र वडा नम्बर तिनको वस्ती बस्तीमा पुगि विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहदा यसबाट आफु र आफ्नो समुदायलाई कसरी सुरक्षित गर्ने भन्ने बिषयमा टोलवस्तीका नागरिकहरुलाई सचेत गराउनु भएको छ।
उहाँले देवघाट गाउँपालिका दुई नम्बर वडा र तीन नम्बर वडाको हरेक टोल बस्तीमा पुगी नागरिकहरुलाई सवुन वितरण गर्नुभएको थियो।भने गर्मीयाम बढेसंँगै अन्य रोगको व्याक्टेरिया, भाइरस फैलिन नदिन र कोरोनाको जोखिम कम गर्नको लागि पनि मिची मिची साबुन पानीले राम्रो संग हात धुना र पशु पन्छीका खोरहरुमा थप सरसफाई ध्यान दिनको लागी कृषकहरुलाई अध्यक्ष थापाले अनुरोध गर्नुभएको थियो।
साथै उहाले कोरोनाको संक्रमणबाट जोगिन व्यक्तिगत सरससफाईमा पनि विशेष ध्यान दिनु पर्ने र अहिले सरकारले लागु गरेको लकडाउन समय अवधिभर सबैलाई घरमै बस्न आग्रह समेत गर्नुभएको थियो।
देवघाट गाउँपालिका कार्यालयले यसअघि पनि हातधुने कार्यक्रम विभिन्न ठाँउहरुमा गर्दै आएको र अहिले पनि हातधुनका लागि ठाउँठाउँमा वाल्टिनसहितको सावुन पानीको व्यवस्था गरिएको छ भने कोरोना बाट वच्न जनचेतना मुलक सन्देश पनि प्रवाह गरिरहेको देवघाट गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभएको थियो।
साथै अन्य बाँकी छुटेका वडाहरुमा पनि तुरुन्त साबुन वितरण गरि नागरिकहरुलाई मिची मिची हातधुन अनुरोध गर्ने देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्ण पन्तले जानकारी दिनु भएको थियोे।

Comments are closed.