नारायणी नदिमा पौडी खेल्ने युवक वेपत्ता

चितवन :  नारायणी नदिमा पौडी खेल्ने क्रममा डुबेर १८ वर्षीय युवक वेपत्ता भएको छ । आज साँझ ५ बजे नारायणी नदीको किनारमा भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने सनिल लामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको चितवन प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार युवक भरतपुर १ स्थित जोरकुशुम पार्क नजिकै रहेको नदीको किनारमा पौडी खेलेका थिए । घटनाको बारेमा जानकारी भएपछी प्रहरी निरक्षकको कमाण्डमा टोली खटाई स्थानियसंग समन्वय गरी खोजतलाश कार्य भई रहेको प्रहरीले बताएको छ ।”

Comments are closed.