बोस्टन कलेजका विद्यार्थीलाई अनलाईन मार्फत आर्थिक संकट र वजेट बारेमा पूर्व अर्थमन्त्री पाण्डेले पढाउने

 

चितवन : व्यवस्थापन संकायमा जिल्लाकै उत्कृष्ट बोस्टन इन्टरनेशनल कलेजले विद्यार्थीहरुलाइै अनलाईन कक्षाबाटै पठाउने काम तीव्र पारे्को छ । लकडाउन बढेक्रम बढेसगौ शिक्षाबाट कोही विद्यार्थी अलग हुन नपरोस् भनेर चितवनमा नै पहिलो पटक अघिल्लो सातादेखि अनलाईन कक्षा सुरु गरेको थियो ।
सोही अनलाईन कक्षाकै क्रममा कलेजले कोरोनाले पार्ने आर्थिक संकट र नेपालको वित्तीय र वजेट निति विषयक अनलाईन सेमिनार माफर्त फेरि विद्यार्थीहरु ध्यान केन्द्रित गराउने काम गर्न लागेको कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले जानकारी दिए ।

चितवन क्षेत्र नं. १ का सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कलेजको आयोजनामा हुने सेमिनारलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने छन् । चैत्र २९ गते हुने कोरोनाले पार्ने आर्थिक संकट र नेपालको वित्तीय र वजेट निति विषयक अनलाईन सेमिनारलाई उनले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कलेजका कार्यकारी निर्देशक राजु तामाङले जानकारी दिए ।

उक्त सेमिनार मार्फत उनले उनले व्यवस्थापन (एमविए) का विद्यार्थीलाई सम्बोधन गर्ने तामाङले बताए । कोरोना भाइरस ९कोभिड १९० ले निम्त्याउने आर्थिक संकट तथा नेपालमा वित्तिय र बजेट नीति कार्यान्वयनका जटिलताका सम्बन्धमा पाण्डेले प्रशिक्षण दिनेछन् ।
लकडाउनको समयमा पनि प्रविधिबाट जोडिएर विद्यार्थीहरुलाई अर्थिक परिस्थिति र बजेट जस्ता प्राविधिक विषयमा प्रशिक्षण दिन लागिएको कलेजले जनाएको छ । अनलाईन सेमिनार दिउँसो २ बजेबाट ३ बजेसम्म हुनेछ ।

Comments are closed.