रेडियो भरतपुर लकडाउनमा १ सय घन्टा प्रत्यक्ष प्रसारण, सञ्चार माध्यमलाई पनि राहत दिनुपर्छ : नविन राज पौडेल

 

जिल्लामै कान्छो रेडियो बनेर उदाएको रेडियो भरतपुर अहिले पहिलो भन्ने होडमा लागेको छ । यसले विभिन्न उदाहरणीय काम गरेर अग्रता हाशिल गर्दै छ । रेडियोका संचालक नविनराज पौडेल पुराना सञ्चारकर्मी हुन् । उनले विज्ञापन व्यवसाय पनि संचालन गर्दैआएका छन् ।
सामुदायिक रेडियोमा जिल्लाकै पहिलो स्थानमा भरतपुर एफएम रहेको उनको दावी छ । छिटोभन्दा छिटो आफ्नो भवनमा रेडियो सारेर जिल्ला कै उत्कृष्ट रेडियो बनाउने उनको लक्ष्य छ ।
रेडियोमा काम गर्ने र पहिचान बनाउने जनशक्ति कम भइरहेको बेला उनी रेडियोको पुरानो क्रेज फर्काउन लागि परेका छन् । उनले रेडियोबाट समुदाय केन्द्रित थुप्रै उदाहरणीय काम गरेका छन् ।
रेडियो भरतपुरको बिहानी कार्यक्रम हाम्रो भरतपुर राम्रो भरतपुर लोकप्रिय कार्यक्रम हो । रेडियोले हरितालिका तिजमा जनचेतनामूलक तीज प्रतियोगिता गरेर लगातार दुई वर्ष जिल्लामा अर्को सफल अभियान चालेको छ ।
अहिले विश्वभरि ईन्टरनेट पहुँच पुर्याउन भरतपुर पोष्ट डटकम सञ्चालन गरेका नविनले कोरोनाबाट बिश्व आक्रान्त भएको बेला सरकारी लक डाउनमा अहिलेसम्म १ सय घन्टा सूचना र सामग्री प्रत्यक्ष प्रसारण गरेर चर्चा कमाई रहेका छन् प्रस्तुत छ उनीसंग गरिएको छोटो कुराकानी

रेडियो भरतपुरको अहिले जतिसुकै चर्चा बढिरहेको छ नि ?

हो, हामी हाम्रो पेशा प्रति जिम्मेवार छौ त्यस संगै पत्रकारिता पेशा भनेको जहिले पनि जिबन्त रहने पेशा हो । संवेदनशिल अवबस्थामा पनि यसको आफ्नै महत्त्व हुन्छ अझ यस्तो कठिन समय र संकटको बेला संचार माद्यम को भुमिका हुन्छ ।
हामी जिम्मेवार भएका हौ र ईन्टरनेट र टेलिफोनबाट सबै प्रसारण कचलाएको छौं । रेडियो र अनलाईन पत्रिका मार्फत हामी निरन्तर समाचार दिइरहेका छौ । हाम्रो मिडियाका साथीहरू दिन रात नभनी काम गरिरहेका छन् । हामीले अफिसमा क्वारेन्टाइनको व्यवस्थापन मिलाएको छौं, र खान बस्ने सुविधा दिएका छौ ।

क्वारेन्टाइनको बेलामा पनि रेडियो कसरी प्रसारण गर्नुभएको छ ?

हामी सूचना अपडेट र स्थानिय तहका जनप्रतिनिधि, विदेश स्थित विभिन्न देशका गैर आवासिय नेपाली र संघ सस्थाका प्रतिनिधि, डाक्टर, स्वस्थकर्मी, उद्योगी ,बैंकर, समाजसेवी, राजनीतिक दलको प्रतिनिधि, पत्रकार, पर्यटन व्यावसायि र किसानलाई स्टुडियोबाट अन्र्तवार्ता लिईरहेका छौ । जनतालाई क्वारेन्टाइनमा सहजीकरण गर्दै सू सूचित पारेको छौ अर्को के भने हामीले जनताको राहतको विषयमा राम्रो खबरदारी गरेका छौं ।

अहिलेसम्म कति समय प्रत्यक्ष प्रसारण गर्नुभयो ?
सरकारले सजगता अपनाउने संकेत गरे संगै हामी निरन्तर सूचना दिन सुरु गर्यौ बिहान ,दिउँसो र साझ गरेर अहिलेसम्म १ सय घन्टा प्रत्यक्ष प्रसारण गरिसक्यौ ।

अहिले रेडियो भरतपुर कति समय प्रसारण हुन्छ ?
अहिले रेडियो १९ घन्टा प्रसारण हुन्छ, हामीले केन्द्रको समाचार ,स्थानीय समाचार ,गतिविधि ,गित संगीत मिलाएर प्रसारण गरेका छौ ।

कोरोनाको रोकथाम तथा नियन्त्रणमा रेडियोबाट केही भूमिका निर्वाह गर्नु भयो कि ?
हो,जनतालाई सहि सूचना दिन, जागरुक बनाउन र समाजमा सचेतना फैलाउन हामीले निशुल्क सामाजिक उत्तरदायित्व बहन गर्दै कोरोना विरुद्धको पि.एस।ए बनाएर बजायौ ।

लकडाउन ले रेडियोलाई कस्तो समस्या पारेको छ ?
काम गरेर सञ्चारकर्मी घर जान पाएका छैनन् । खाना, बस्न सबै ठाउमा मिल्दैन रेडियोको टेलिभिजनको र अनलाइनको महत्त्व यतिबेला धेरै छ । यो कुरा सरकारले बुझेको जस्तो लागेन सञ्चार माध्यमको लागि पनि सरकारले छिटो भन्दा छिटो विशेष प्याकेज ल्याउनु पर्छ नत्र धेरै जोखिममा पर्छन् । अहिलेसम्मकै कठिन अवस्था आउन बाँकी नै छ । चुनौती सामाना गर्न तयार रहनुपर्छ छाता संगठन पनि सकृय हुनुपर्छ यस्तो बेला

तपाईको रेडियोको अवस्था चै के छ ?
हाम्रो रेडियोमा क्वारेन्टाइनको व्यवस्थापन मिलाइएको छ साथीहरुलाई खानाको पनि व्यवस्था छ । माधब सापकोटा, सुरज पौडेल र दिपा गौतमले पालो लगाएर काम गर्नुभएको छ । प्राविधिक मित्र अमर थापाले चौबिसै घन्टा रात दिन रेडियो बजाई रहनुभएको छ । उहाँहरूको मेहनतले गर्दा खास समस्या अहिलेसम्म परेको छैन । उहाँहरुको योगदानकै कारण यो गर्वको विषय समेत बनेको हो । जनताको मनमन जनजन रेडियो भरतपुर थप सशक्त बन्दै समेत आएको छ ।