नेपाली कांग्रेस नवलपरासीद्धारा ७ वटै स्थानिय तहलाई राहत सामाग्री हस्तान्त्रण

परासी, : कोरोना भाईरसको जोखिम न्युनिकरण तथा गरिब मजदुराहरुलाई राहत वितरण गर्न स्थानियले तहले स्थापना गरेको क्रोना राहत कोषमा स्थानिय स्तरबाट राहत जुटन थालेको छ । जिल्लामा रहेको ७ वटै स्थानिय तहमा स्थानिय स्तरबाट खाद्यान्न तथा नगद सहयोग प्राप्त हुन थालेको छ ।

त्यसैबिच आज नेपाली कांग्रेस र तरुण दल कार्यसमिति नवलपरासीले संयुक्त रुपमा ७ वटै स्थानिय तहहरुलाई २५÷२५ क्वीन्टलको दरले राहत स्वरुप चामल हस्तान्त्रण गरेका छन् । विश्भरि फैलिएको क्रोना भाईरसको संक्रमण रोकथाम गर्न सरकारद्धारा देश लकडाउनका बेला समस्यामा परेका गरिब मजदुराहरुलाई राहत हुने गरि एकद्धार प्राणालीबाट खाद्यान्न वितरण गर्न कांग्रेसले स्थानिय तहहरुलाई सो खाद्यान्न सामाग्री (चालम) हस्तान्त्रण गरेको नेपाली कांग्रस जिल्ला कार्यवाहक सभापति अर्जुन कुमार पोख्रेलले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति र तरुदण कार्यसमिति र संविधानसभा सदस्यद्धय देवकरण कलवार र विक्रम खनाल लगायतको सहयोगबाट कुल १सय ७५ क्वीन्टल सम्भा चालम २५÷२५ क्वीन्टलको दरले ७ वटै स्थानिय तहहरु मार्फत हस्तान्त्रण गरि गरिब तथा मजदुराहरुलाई राहत वितरण गर्ने आफनो उद्देश्य रहेको संविधानसभा सदस्यद्धय देवकरण कलवार र विक्रम खनालले जानकारी दिएका छन् ।

एकद्धारा प्राणलीबाट राहत वितरण गर्न यतिबेला जिल्लाका सबै स्थानिय तहहरु सरकारले तोकेको राहत मापदण्ड अनुसार आ–आफनो नगरक्षेत्रमा तथ्याङ्क संकलन गरिरहेका छन् भने अर्काे तर्फ राहत वितरणका लगि क्रोना राहत कोषमा खाद्यान्न तथा नगद सहयोगका लागि स्थानिय स्तरमा आव्हान समेत गरिरहेका छन्। त्यसैबिच सुनवल नगरपालिकाले खाद्यान्न तथा नगद गरि करिब ३० लाख रुपैया कोषमा जुटाईसकेको र संकलित तथ्याङ्क अनुसार गरिब तथा विपन्न घरधुरीहरुलाई राहत वितरण गर्ने नगर प्रमुख भिम बहादुरा थापाक्षेत्रीले जानकारी दिएका छन् ।

त्यस्तै बर्दघाट नगरपालिकाले पनि खाद्यान्न सहित नगद गरि करिब १८ लाख बराबर राहत सहयोग जुटाई सकेको र १६६३ जना वितरण समेत गरिसकेको नगरपालिका प्रमुख धिरज शर्माले बताएका छन् । यस्तै रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले पनि पाएको राहत सामाग्रीहरु संकलित तथ्याङ्कको आधारमा गरिब वर्गहरुलाई भोलीदेखि वितरण गर्ने जानकारी दिएका छन् भने जिल्लाको अरु गाउँपालिकाहरु पनि गरिब मजदुराको तथ्याङ्क संकलन गरिहेको र केहिदिनमै सो राहत वितरण वितरण गर्ने जनाएका छन् ।

राहत सामाग्री गाउँपालिकाहरुलाई हस्तान्त्रण गर्न संविधा सदस्य सदस्य देवकरण कलवार, विक्रम खनाल, नेका कार्यवाहक सभापति अर्जुन कुमार पोख्रेल, जिल्ला सचिव विक्रम यादव, पार्टी प्रवक्ता प्रवक्ता कुलदिप आचार्य, जिल्ला सदस्य पलकधारी गुप्ता, नेका नेता उमेशचन्द्र यादव, विश्वप्रेम पाठक, आराधना भट्ट, तरुणदल जिल्ला अध्यक्ष सुक बहादुर गुरुङ्ग, जिल्ला सचिव यज्ञ प्रसाद पौडेल, मुस्लिम जिल्ला सभापति करिम खान लगायत नेकाका अगुवा कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।