सुस्तामा लागू औषध सहित एक पक्राउ

 

रबिन्द्र यादव नवलपरासी : नवलपरासी पश्चिमको कुडिया प्रहरी चौकीले चेकजाचको क्रममा आइतबार सुस्ता गाउँपालिका ३ शान्तिटोल बाट लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने हरुमा सुस्ता गाउँपालिका २ बस्ने बर्ष ३९ का रगंलाल गुप्ता रहेका छन् । गुप्ता बाट प्रहरीले ८ वटा अनरेस, १ सय ४६ पीस नाइट्रोभेट, ५ सय ७६ वाइन स्पोन र ९ पिस आइपीलसहित भारतीय युपी ५७ आर ८२७१ नम्बर प्लेट भएको मोटरसाइकलसंगै नगद २३ हजार पचास रुपैँया समेत बरामद गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गुप्ताको मोबाइलमा आएको फोनको अधारमा थप दुई जनालाई पक्राउ गरि थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ । अहिले तिनै जनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।