सन्देश फाउन्डेसनद्धारा विपन्न वस्तीमा खाद्यान्न सहयोग

चितवन  : सन्देश फाउन्डेसन नेपालको पहलमा चितवनमा विपन्न वस्तीमा खाद्यान्न सहयोग गरेको छ ।  लक डाउन रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने घर परिवारलाई अत्त्यन्तै समस्या परेको पिडादायक अवस्थामा सन्देश फाउन्डेसन नेपालको पहलमा भरतपुर महानगरपालिका वार्ड नं १६ सृजनशील टोल विकास संस्था क्षेत्र भित्र वसोवास गर्दै आइरहनु भएका अति विपन्न वर्ग का २५ घर परिवार लाई सहयोग गरिएको संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठले जानकारी दिए ।
कोरोनाको त्राससगैँ गरिएको लकडाउनका कारण खाद्यान्न अभाव भएपछि वडाको अग्राहमा सन्देश फाउन्डसनले राहत बाडेको हो ।  हरेक विपद्मा विपन्न समुदायलाई राहत प्रदान गर्दै आएको सन्देश फाउन्डेसनले फाउन्डेसनका मानार्थ सदस्य युवा व्यवसायी किरण घोताने गुरूडको तर्फवाट पचास हजार रुपैयाँ बरारको खाधान्न सहयोग राहत स्वरूप वितरण गरिएको थियो ।

सन्देश फाउन्डेसन नेपालका अध्यक्ष दिवाकर श्रेष्ठ युवा व्यवसायी किरण गुरूङ, भरतपुर १६ का वार्ड अघ्यक्ष अमृत राज हमाल, ने०क०पा १६ का अध्यक्ष बद्रि चापगाई, रिकभरिंग नेपाल केन्द्रीय उपाध्यक्ष धूर्व केसी, तरूण दल चितवनका प्रवक्ता विश्व वास्तोला सृजनशील टोल विकास संस्थाका अध्यक्ष कृष्ण कँडेल प्रहरी लगायतको सहभागीतामा चामल २५ बोरा, दाल ५० केजी, खाने तेल २५ लीटर, नुन २५ पोका, साबुन २५ पिस, मास्क्स १०० पिस, ग्लोव्स १ प्याकेट र हयाण्ड सेनिटाजर १ लि दिएको थियो

Comments are closed.