कोरोनासम्बन्धी जनचेतना जगाउन नयाँ तरिका : ‘कोरोना हेल्मेट’

नयाँ दिल्ली । भारतमा नोभेल कोरोना भाइरससम्बन्धी जनचेतना जगाउन नयाँ तरिका अपनाइएको छ । ट्राफिक प्रहरीले कोरोना भाइरससम्बन्धी सडकमा हिँडिरहेका मानिसहरुलाई जनचेतना जगाउन नयाँ तरिका अपनाएका छन् ।

केही दिनअघि भारतमा सडकमा हिँडिरहेका मानिसहरुलाई प्रहरीले कुटेको र मुर्गा बनाएका भिडियोहरु भाइरल भएका थिए । तर, हाल प्रहरीले कोरोना भाइरससम्बन्धी जनचेतना जगाउन कोरोनाजस्तो देखिने गरी हेल्मेट सजाएर कोरोनाको संक्रमणसम्बन्धी जानकारी गराउन थालेका छन् ।

ट्राफिक प्रहरीले कोरोना भाइरसको संक्रमण बढिरहेकोले यसरी सडकमा नहिँडन सुझाइएको छ । चेन्‍नईमा एकजना ट्राफिक प्रहरी राजेश बाबुले भने, “हामीले मानिसहरुलाई कुट्‍ने र गाली गर्नेभन्दा पनि उनीहरुलाई कोरोना कस्तो हुन्छ र यो कसरी फैलाउँछ भन्‍ने बुझाउन कोरोनाजस्तो देखिने हेल्मेट बनाएर सम्झाइरहेका छौं ।”

उनले यस्तो किसिमको हेल्मेट लगाएका उनीहरुमा डर पैदा हुने बताए । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ९१८ पुगेको छ भने १९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ -रोयटर्स

Comments are closed.