धर्मावलम्बी जम्मा गरी प्राथना गराउने दुई पास्टर पक्राउ

सुर्खेत : वीरेन्द्रनगरमा प्रहरीले दुई पास्टरलाई पक्राउ गरेको छ । लकडाउनको उल्लघंन गरी धर्मावलम्बी जम्मा गरेर प्राथना गरिरहेका दुई जना पास्टरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगरस्थित करेखोलामा रहेको ख्रिष्ट मण्डली चर्चबाट पास्टर प्रेम विश्वकर्मा र कालुञ्चोकमा रहेको निश्री एजी चर्चबाट पास्टर मोहनदास गुरुङ रहेका छन् ।

उनीहरुलाई दिउँसो १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो।

Comments are closed.