मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ चोरमारामा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ । चोरमाराको भित्री सडकमा ना४३प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मध्यविन्दु–७ चोरमाराका २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाकाअनुसार तीन जना सवार मोटरसाइकल चोरमाराबाट अम्रसातर्फ जाँदै गर्दा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको चितवनको कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा मृत्यु भएको थापाले बताए । सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने चोरमाराकै ३० वर्षीय बुद्धिराम महतो र मोटरसाइकल चालक ४२ वर्षीय यमबहादुर पौडेल घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published.