दशैं र तिहार एक महिना ढिलो हुने

 

काठमाडौं । आउँदो सालको दशैं र तिहार विगतमा भन्दा एक महिना ढिलो हुने भएको छ । २०७७ सालको दशैं र तिहार महिना पर धकेलिएको छ । दशैं र तिहार मलमासको कारण पर धकेलिएको हो ।

प्रायजसो दशैं असोज र तिहार कात्तिकमा हुने गर्छ । तर २०७७ सालमा असोजमा मलमास परेकाले दशैँ र तिहार पर धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताउनुभयो । २०७७ सालमा दशैं कात्तिकबाट मात्र हुनेछ । कात्तिक १ गते घटस्थापना परेको छ । फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको छ ।

मलमासको कारण तिहार पनि पर धकेलिएको छ । तिहार कात्तिकको अन्तिम सातादेखि मात्र शुरु हुनेछ । तिहार कात्तिक २८ गतेदेखि हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मंसिर १ गते परेको परेको छ ।

नयाँ सालको पात्रो बजारमा आउन थालिसकेको छ । २०७७ सालमा विवाहको साइत १५ दिन मात्रै छ ।

1 thought on “दशैं र तिहार एक महिना ढिलो हुने

Leave a Reply

Your email address will not be published.