कोरोना फैलाएको आरोपमा चीनविरुद्ध दुईसय खर्ब डलरकाे मुद्धा

एजेन्सी : एक अमेरिकी कानून ब्यवसायीले चीनविरुद्ध दुईसय खर्ब डलर क्षतिपूर्तिको मागसहित मुद्धा दायर गरेका छन । टेक्सासको एक कंपनीमा फ्रीडम वाच नामक निगरानी समुहका तर्फबाट वकालत गर्दै आएका अधिवक्ता केलमेनले चीनविरुद्ध टेक्सास जिल्ला अदालतमा मुद्धा दायर गरेका हुन ।

केलमेनको मुद्धामा चीनले विश्वभर कोरोना भाईरस फैलाएको जिकिर गरिएको छ । चीनले विश्वका तीनलाख ३४ हजार मानिसहरुमा कोरोना भाईरस संक्रमण गराएको मुद्धामा उल्लेख छ ।

अधिवक्ता केलमेनले चीनले जैविक हतियार उत्पादन गरि अमेरिकामा आक्रमण गरेको दावी गरेका छन । केलमेनद्वारा दर्ता गराईएको मुद्धामा भनिएको छर्– चीन सरकारको पूर्ण सहमतिमा कोरोना भाईरसको रुपमा जैविक हतियारको उत्पादन गरिएको हो ।’

2 thoughts on “कोरोना फैलाएको आरोपमा चीनविरुद्ध दुईसय खर्ब डलरकाे मुद्धा

Leave a Reply

Your email address will not be published.