खाद्यान्न, दूध, औषधि र सञ्चार सुचारु गर्ने सरकारको निर्णय

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणप्रति सतर्कता अपनाउन मुलुकभर लकडाउन भए खाद्यान्न, दूध, औषधि र सञ्चार लगायतका क्षेत्र भने सुचारु गरिने भएको छ । सरकारले औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी, माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम उच्च स्तरीय समितिउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार साँझ बसेको बैठकले अत्यावश्यक यी सेवा सुचारु गने निर्णय गरेको हो ।

सरकारले दैनिक जनजीनमा आवश्यक पर्ने अत्यावश्यक सामान ल्याउन चीनतर्फका दुई नाका खुल्ला गर्ने निर्णय समेत गरेको छ । सञ्चार र बैकिङ्ग सेवा समेत सुचारु गर्ने निर्णय भएको छ । सरकारको निर्णयसँगै अब रसुवागढी र तानोपानी नाका खुला हुने भएको छ । सरकारले यसअघि छिमेकी मुलुक चीन र भारतँगका सबै नाका बन्द गने निर्णय गरेको थियो । सरकारको त्यो निर्णयपछि मुलुकका सबै नाका बन्द छन् ।

2 thoughts on “खाद्यान्न, दूध, औषधि र सञ्चार सुचारु गर्ने सरकारको निर्णय

Leave a Reply

Your email address will not be published.