कोरोना विशेष अस्थायी अस्पतालबाट ८२ जनाले सेवा लिए

चितवन : चितवनको भरतपुर स्थित चितवन प्रर्दशनी केन्द्रमा निर्माण गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा एकै दिन बुधवार २७ जनाले सेवा लिएका छन् । कोभिड १९ को शंका लागेकाहरुले सेवा लिएको चितवन कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले बताए ।

हाल सम्म भने ८२ जनाले यस अस्पतालबाट सेवा लिएको उनले बताए । भरतपुर महानगरपालिकाको सहयोगमा कोरोना विशेष अस्पताल यहीँ चैत ७ गते स्थापना भएको थियो ।

कोभिड १९ को शंका लागेर उनीहरुको स्वाब परीक्षण गरिएकोमा मृतक सन्तोष यादव र एक अर्की महिलाको नेगेटिभ रिपोर्ट आएको छ । पाँच जना आईसोलेसन वार्डमा रहेका छन् ।

फ्रान्सबाट कतार हँुदै आएकी कोरोना संक्रमित एक युवती आएकै जहाजमा आएका चितवनका ६ जना मध्ये ५ जना आईसोलेसनमा भर्ना भएका हुन् ।

हालै कतार एयरवेजबाट आएका सुरेश गुरुङ, वुद्धिराज कोईराला, सन्जु कडेंल कोईराला, शम्भु नेपाली र पार्वती नेपाली आईसोलेसन वार्डमा रहेको अस्पतालका प्रवक्ता डाक्टर अधिकारीले बताए । चितवनकै अर्की एक जना काठमाडौँ रहेको वुझिएको छ ।

भरतपुर कोरोना विशेष अस्पतालले कोभिड १९ को परीक्षण गर्नका लागि अध्ययन समेत गरिरहेको अस्पतालले बुधवार साँझ जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.