भरतपुर कोरोना अस्पतालको आइसोलेसन ११ जना, क्वारेन्टाइनमा ५ स्वास्थ्यकर्मी

चितवन : भरतपुर कोरोना विशेष अस्पतालमा हाल ११ जनालाई आईसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ । कतार एअरवेयजको जाहाज चढेर हालै नेपाल आएका पाँचजना पनि यसै अस्पतालको आईसोलेसन वार्डमा रहेको प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो ।

चितवन घर भएका उनीहरू आफै अस्पतालको सम्पर्कमा आएका हुन् । प्रवक्ता अधिकारीका अनुसार सुरेश गुरुङ, बुद्धिराज कोईराला, सञ्जु कंडेल कोईराला, शम्भु नेपाली र पार्वती नेपाली रहेका छन् । पाँच जना कार्यरत स्वास्थ्यकर्मी र पाँच जना सेवाका लागि आउने ब्यक्तिहरुलाई हाल क्वारेन्टाइनमा राखिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.