चितवनमा विभिन्न अस्पतालहरुलाई एन ९५ मास्क वितरण

चितवन : कोरोना नियन्त्रण कार्यदल चितवनले जिल्ला विभिन्न अस्पतालहरुलाई एन ९५ मास्क वितरण गरेको छ । विभिन्न स्थानबाट प्राप्त तथा खरिद गरेका उच्च स्तरका सर्जिकल मास्कहरु भरतपुर अस्पताल, नीजि मेडीकल कलेज, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, नीजि अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई वितरण गरिएको हो ।

अस्पतालभित्र बिरामीसँग हेलमेल हुनेलाई एन ९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको कार्यदलका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए ।

बैठकले विभिन्न उपसमिति बनाउन डा. अधिकारीलाई जिम्मा दिएको र विदेशबाट आएका र उच्च जोखिम भएकाहरुलाई क्वारेन्टाईनमा राख्ने निर्णय गरेको छ ।

बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.