काेभिड १९ का विरूद्ध आआफ्नै स्थानबाट लागाैं !

काेराेनाे भाइरसकाे महामारीबाट संसार आतङ्कित छ । याे समस्या चीनकाे हुवे प्रान्तकाे वुहान शहरबाट शुरू भएर आजसम्म आइपुग्दा संसारका १९६ जति देशमा याे भाइरसकाे सङ्क्रमण देखिएकाे छ ।

आर्थिक दृष्टिले वा सामरिक दृष्टिले जतिसुकै शक्तिशाली हुँदा पनि काेराेनाकाे आक्रमणकाे सामना ती मुलुकहरूले समेत सजिलै गर्न सकेका छैनन् । त्यसैले हाम्राे जस्ताे मुलुकमा याे महामारीकाे प्रवेश अरू मुलुकमा जसरी भयाे भने हामीले स्तरीय अनि पर्याप्त उपचार सेवा दिन सक्ने संभावना पनि कम नै छ ।

याे हाम्राे वाध्यतालाई बुझेर सङ्क्रमणबाट बच्नका लागि आवश्यक विश्वस्वास्थ्य संघले तय गरेकाे मापदण्डअनुसारकाे परहेज वा सावधानी अपनाउनु नै सर्वाधिक सजिलाे र उपयुक्त विधि हाे । त्यसैले नेपाल सरकारले आजबाट लागू हुनेगरी राष्ट्रव्यापि लकडाउनकाे घाेषणा गरेकाे हाे । याे संघीय सरकारकाे घाेषणा र प्रान्तीय तथा स्थानीय सरकारका तर्फबाट ल्याइएका र आउन सक्ने जनसुरक्षासँग सम्बन्धित सबै खालका कार्यक्रमलाई पालना गरी सहयाेग गर्न एक सचेत नागरिक र बुद्धिजीवी संङ्गठनमा लामाे समयदेखि सम्बन्धित एकजना अगुवा हुनाकाे नाताले याे देशका सबै बुद्धिजीवीसाथीहरूसँग हार्दिक अपिल गर्दछु ।

अहिले चिकित्सकहरू, नर्सहरू,स्वास्थ्य प्राविधिक र अस्पतालमा कार्यरत प्रशासनका कर्मचारी, सफाइ मजदुर र सुरक्षाकर्मीकाे भूमिका विशेष छ । प्रथमतः काेराेना सङ्क्रमणसँग सम्बन्धित स्वास्थ्य चाैकी, अस्पताल र अस्थायी किसिमका हेल्थ डेस्कमा काम गर्ने सबै कर्मचारी, विरामी र स्वयम्सेवकहरूकाे सुरक्षामा सरकारले विशेष ध्यान दिन आवश्यक छ ।

सङ्कास्पद विरामीका लागि प्रयाेग हुने एम्बुलेन्सकाे सुरक्षित सफाइ र एम्बुलेन्स चालककाे स्वास्थ्य सुरक्षाका विषयमा पनि संवेदनशील बन्न जरूरी छ । स्थानीय र प्रान्तीय सरकारले पनि काेराेना महामारीबाट जनता बचाउ अभियानका लागि मात्र भनेर ५ देखि ७ सदस्य रहेकाे अधिकार सम्पन्न विशेष समिति बनाउनु राम्राे हाेला ।

यसरी बनेकाे समितिले फाष्ट ट्रयाकबाट सेवा र वस्तुकाे प्रबन्ध मिलाउन पर्ने देखिन्छ । देश, विश्व र सिङ्गाे मानवजाति नै सङ्कटमा परेकाे समयमा राष्ट्रलाई सम्पूर्ण रूपले एक ढिक्का बनाएर महामारीकाे प्रतिकारमा लाग्नु हामी सबैकाे दायित्व हाे । त्यसमाथि पनि देशलाई समस्या परेकाे बेलामा बुद्धिजीवीहरूकाे स्वयम्सेवी भूमिका अपरिहार्य हुन्छ ।

त्यसैले जाे जाे हामी जहाँ छाैं आफै भएकाे ठाउँबाट सरकार र विश्व स्वास्थ्य संगठनले आग्रह गरेअनुसार महामारीबाट आफू बाच्ने र अरूलाई पनि बचाउने महा अभियानमा जुट्न सबै बुद्धिजीवी, व्यापारी, उद्याेगी, किसान, मजदुर, राजनैतिक दल र तिनका भातृसंगठनहरूसँग हार्दिक अपिल गर्दछु । प्रेमराज रिमाल खैरहनी, ८; चितवन  

Leave a Reply

Your email address will not be published.