लकडाउन उल्लंघन गर्ने ३०२ सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं : कोरोना भाइरस (कोभिड(१९) प्रति सतर्कता अपनाउन सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ३ सय २ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहानदेखि अहिलेसम्म काठमाडौं, ललितपुर भक्तपुरको विभिन्न ठाउँबाट उल्लेखित संख्यामा सवारी साधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  लकडाउनमा अटेर गरी चलाइएका सवारी साधन नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काएको उहाँले बताउनुभयो  । सरकारले अत्यावश्यक सेवा र पासका बाहेक अन्य सवारी साधन नचलाउन र सर्वसाधारणलाई घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

1 thought on “लकडाउन उल्लंघन गर्ने ३०२ सवारी साधन प्रहरी नियन्त्रणमा

Leave a Reply

Your email address will not be published.