लक डाउनमा चितवनमा १६ पक्राउ, ७ जना १ हजार रुपैयाँ जरिबाना तिरेर छुटे

चितवन : चितवनमा लकडाउनको अवज्ञा गरेका १६ जनालाई पक्राउ गरेकोमा ७ जना कार्वाहीमा परेका छन् । चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्ने लाई नियन्त्रणमा लिर्इ कार्वाही गरिएको हो ।

उनीहरुमध्ये १० जनालाई सम्झाइबुझाइ छाडिएको र ७ जनालाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइ कार्वाही गरिएको गुरुङले बताए । जिल्लाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो।

जस मध्ये लकडाउनको अवज्ञा गर्ने ७ जनालाई १ हजार रुपैयाँ जरिबाना गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले बताए । उनका अनुसार आदेशको अवज्ञा गरेको भन्दै स्थानीय प्रशासन ऐन -२०२८ अन्तर्गत उनीहरुलाई पक्राउ गरेर जरिबाना गरिएको थियो ।

उक्त ऐनअनुसार अनुरोधको अवज्ञा गर्नेलाई १ हजार रुपैयाँ जरिबाना वा एक महिना कैद हुने व्यवस्था गरिएको छ । पहिलो दिन भएका कारण सामान्य कारबाही गरिएको भन्दै भट्टराइले जनस्वास्थ्यको सवाल भएकाले कारबाही गर्नुपर्ने वातावरण बन्न नदिन आग्रह गरे । प्रशासनले सरकारको निर्णयको पालना गर्ने सबैलाई धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published.