लकडाउनलाई पालना गर्न चितवन कांग्रेसको आग्रह

भरतपुर : सरकारले जारी गरेको लकडाउनको आदेश पालना गरि कोरोना संक्रमण बाट बच्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आग्रह गरेको छ । विश्वमा माहामारीको रुप लिइ सकेको कोभिड १९ को संक्रमण फैलन नदिन नेपाल सरकारले चैत्र ११ देखि १८ सम्म लकडाउनको घोषणा गरेको थियो ।

लकडाउनको अबस्थामा पनि सर्वसाधारणले हेलचक्र्याइ गरेको भन्दै यस रोगलाई सामान्य रुपमा नलिन कांग्रेस चितवनले आग्रह गरेको हो । कांग्रेस चितवनका जिल्ला सचिव उत्तम जोशीले लकडाउनलाई पालना गरि प्रशासनलाई साथ दिन आग्रह गरे । उनले अनुसासित भई कोरोना बिरुद्दका उपाय अपनाउन र अनावस्यक हिड्डुल नगर्न सर्वसाधारणलाई आग्रह गरे ।

कमजोर स्वास्थ्य सुविधा भएको नेपाल कोरोना विरुद्धको लडाइँमा अब थप कडाइका साथ होमिएको छ । सम्भव भएसम्म सुरक्षाका सबै उपाय सरकारले अपनाएको छ । त्यही उपाय अन्तर्गत सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गरेर मानिसहरुलाई एक सातासम्म घरबाट बाहिर निस्किनसमेत बन्देज लगाएको छ । अत्यावश्यक सेवाबाहेक सार्वजनिक यातायातदेखि निजी तथा सरकारी कार्यालयहरुसमेत बन्द गरिएको छ ।

लकडाउनको सुरुवात कोरोना भाइरसको उदगमस्थल चीनको वुहान शहरबाट भएको थियो । चीनपछि अहिले अमेरिका, इटली, फ्रान्स, आयरल्याण्ड, ब्रिटेन, डेनमार्क, न्यूजिल्याण्ड, पोल्याण्ड, स्पेन, भारतलगायत विश्वका प्राय सबैजसो देशहरुले कोरोना भाइरसलाई थप फैलिन नदिन यही नीति अवलम्बन गरेका छन् ।

2 thoughts on “लकडाउनलाई पालना गर्न चितवन कांग्रेसको आग्रह

Leave a Reply

Your email address will not be published.