कोरोना भाइरस : सरकारले स्थापना गरेको कोषमा कांग्रेसले ५० लाख दिने

 

काठमाडौं : कोरोना भाइरस (कोभिड– १९)को जोखिम सामना गर्न नेपाल सरकारले स्थापना गरेको कोषमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन र त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नका लागि कोष स्थापना गरेको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सो कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकारी कोषमा कांग्रेसले एकमुष्ट ५० लाख दिने भएको हो ।

‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट पचास लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउँदछु,’ प्रवक्ता शर्माले भनेका छन्, ‘संघीय सांसदहरुले १ महिनाको तलब अलग दिने निर्णय यसअघि भइसकेको छ ।

Bishwa Prakash शर्मा@bishwaprakash77

सरकारको कोषलाई कांग्रेसको ५० लाख रुपैयाँ !

कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट पचास लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउंदछु l संघीय सांसदहरुले १ महीनाको तलब अलग दिने निर्णय यस अघि भइसकेको छ l

Leave a Reply

Your email address will not be published.