नारायणी नदी किनारमा आरतीको स्वरुप परिवर्तन

 

चितवन : नारायणी नदी किनारमा लाग्ने सन्ध्याकालिन अखण्ड महाआरतीको स्वरुप परिवर्तन भएको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण चैत १० गतेदेखि आरतीको स्वरुप परिवर्तन गर्दै लघु स्वरुपमा आरति लगाउन लागिएको हो ।

गण्डक–नारायणी संरक्षण महाआरती परिषद्ले एक विज्ञप्ती जारी गर्दै हाल भैरहेको महाआरतीमा उपस्थितित हुँदा रोग फैलन सक्ने भन्दै लघु आरती लगाउन लागेको जानकारी दिएको छ । यसक्रममा घरबाट नै सामाजिक सञ्जाल फेसबुकबाट प्रत्यक्ष दर्शनको व्यवस्था मिलाईएको परिषद्का अध्यक्ष प्रेम निधी कंडेल (भारद्धाज)द्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । नारायणी नदी किनारमा बैशाख एक गतेदेखि बेलुका दुई घण्टा महाआरती लाग्दै आएको छ ।

1 thought on “नारायणी नदी किनारमा आरतीको स्वरुप परिवर्तन

Leave a Reply

Your email address will not be published.